Loading...
Loading...
भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई १ लाख राहत दिइने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं, वैशाख १६ - प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई तत्काल १ लाख रुपैयाँ दिने घोषणा गर्नुभएको छ । बुधबार विभिन्न अस्पतालमा पुगेर घाइतेको अवस्था  बुझ्दै उहाँले ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपैयाँ राहत दिने घोषणा गर्नुभएको हो ।

उहाँले शिक्षण अस्पताल महाराजगंज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र ट्रमा सेन्टरमा पुगेर घाइतेलाई भेट्नुभएको हो । उहाँले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको निरीक्षण र उद्धार कार्यको बारेमा स्थलगत अवलोकन गरी जानकारी समेत लिनुभएको छ ।

उद्धारका लागि अझै केहि दिन लाग्ने

सरकारले भूकम्प पीडितको उद्धारका लागि अझै केही दिन लाग्ने जनाएको छ । सिंहदरबारमा उद्धार तथा राहत वितरणमा भइरहको कामबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल उद्धारका लागि अझै केही दिन लाग्ने बताउनुभएको हो ।

उद्धारमा नेपाली सेना ६५ हजार, प्रहरी ३१ हजार र सशस्त्र प्रहरी १७ हजार परिचालन गरिएको सरकारको भनाइ छ । त्यस्तै, विभिन्न देशका उद्धारकर्ताले काम गरिरहेको छ । धेरै पाल माग भएपनि त्यसलाई पुर्‍याउन नसकिएको सरकारका प्रवक्ता रिजालले जानकारी दिनुभयो । भूकम्प प्रभावित १८ जिल्लामा ६ हजार घाइतेले उपचार गराइरहेको सरकारको दाबी छ । अहिलेसम्म ४१ वटा शव पहिचान हुन सकेको छैन ।



from Taja News Online http://ift.tt/1Fybj8w
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.