Loading...
Loading...
महंगो सामान बेच्ने ११ व्यापारी प्रहरी खोरमा कालाबजारियामाथि कारवाही जारी छ : प्रहरी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१६ वैशाख, काठमाडौं । भूकम्पको महाविपत्तिबाट फाइदा उठाउँदै उपभोक्तालाई महंगोमा सामान बेच्ने ११ जनालाई प्रहरीले बल्खु, कलंकी र नयाँ बसपार्कबाट पक्राऊ गरेको छ ।

प्रक्राउ पर्नेहरुमा अधिकांश किराना पसले छन् । अपराध अनुसन्धान महाशाखाका डीएसपी वसन्त रजौरे र इन्स्पेक्टर गोविन्द पन्थीको नेतृत्वमा खटियो टोलीले ती व्यापारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महंगो पानी बेच्ने युगलकिशोर साह बल्खुबाट समातिएका छन् । त्यस्तै कलंकीका मिठाइ पसले रोहित साह पनि उपभोक्तालाई ठगेको आरोपमा समातिएका छन् ।

किराना पसलमा चौगुणा बढी मूल्यमा समान बेचिरहेको भेटेपछि प्रहरीले कलंकीबाट निरु पौडेल, सुशीला मानन्धर, दीपक वीसी र सुरेश पण्डित समातिएका छन् ।

त्यसैगरी नयाँ बसपार्क, बालाजु क्षेत्रबाट दीपा चालिसे, दीपा शर्मा, कन्हैयालाल चौधरी, लोकबहादुर सिंखडा र भागवत दाहाल पक्राउ परेको प्रहरी स्रोतले अनलाइनलाई जानकारी दिएको छ । उनीहरुलाई कालीमाटी र नयाँ बसपार्कस्थित प्रहरी हिरासतमा राखिएको छ ।

विपतका बेलामा उपभोक्तालाई ठग्नेलाई दुईलाख रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।

नेपाल प्रहरी स्रोतले विहीबार पनि कालाबजारियामाथिको अप्रेशन जारी रहने बतायो ।



from Taja News Online http://ift.tt/1AhaZVE
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.