शनिबारजस्तो भूकम्प अबका दिनमा जाँदैनः भूगर्भविद्
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
सानातिना भूकम्प आउन सक्ने तर यसले खासै असर नगर्नेउनीहरुको भनाइ छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)द्वारा आज यहाँ आयोजित कार्यक्रममा ज्वालामुखी फुट्ने सम्भावनानरहेको विज्ञहरुले जानकारी दिए।
नास्टका सहप्राज्ञ रञ्जनकुमार दाहालले नास्टलेअन्तर्राष्ट्रिय भूगर्भविद्को समन्वयमा भूकम्पबारे अध्ययन गरिरहेको जानकारीदिए। राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय भूगर्भविद्का अध्ययनमा शनिबारअपराह्न गएको भूकम्पजतिको रेक्टर स्केलको भूकम्प जान नसक्ने अनुमान भएकोउनले बताए।
सहप्राज्ञ दाहालले ढुक्कसित घरभित्र नबस्न र सचेत रहनपनि आग्रह गरे। चर्केको घरमा नबस्न, सकेसम्म घरको तल्लो तलामा बस्न, राति सुत्दा निर्धक्क रुपमा ननिदाउन सहप्रध्यापक दाहालले सुझाव दिए।
भूकम्पपछि सानातिना पहिरा जानसक्ने हुँदा चर्किएकाठाउँमा नजानसुझाव दिँदै उनले भूकम्पपछि ज्वालामुखी फड्किने सम्भावनानरहेको स्पष्ट पारे।
अर्का विज्ञ प्राडा विशालनाथ उप्रेतीले साना भूकम्पकोसम्भावना जारी रहे पनि ठूला भूकम्पको सम्भावना नरहेको बताए। उनकाअनुसार भूकम्पपछि ज्वालामुखी आउने कुरा हल्ला मात्र हो।
चिकित्सक वासुदेव पाण्डेले भूकम्पपछि महामारीआउनसक्ने सम्भावना रहेको हुँदा खाना र पानीमा ध्यान दिन सुझाव दिए।उनले पानीका कारण पखाला, टाइफाइड, छालाका रोग आउनसक्ने हुँदा पानी उमालेरपिउन र खाना खानुअघि हात धुन सुझाव दिए।
चिकित्सक पाण्डेले चौपायालाई गहिरो खाडल बनाई पुर्न र पुरिसेकपछि स्प्रे छर्न सुझाव दिए।
सूक्ष्म जीवविज्ञान विज्ञ अञ्जना सिंहले सकेसम्मदिसापिसाब चर्पीभित्र गर्न यस्तो सम्भावना नरहे दिसापिसाब गरेपछि माटोलेपुर्न सुझाव दिए। उनले पानी र खानाका कारण रोग आउने हुँदा ती दुईवस्तुमा विशेष ध्यान दिनुपर्ने बताए।
सोर्स-नागरीक
from Taja News Online http://ift.tt/1OKCfru
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

