भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

कास्की, वैशाख १७ – गोरखा जिल्लाबाट हालसम्म ३३२ जनाको भूकम्प पीडितको उद्धार गरिसकेको तथा राहतका लागि प्राय सबै ठाउँमा हेलिकप्टर पठाइसकेको क्षेत्रीय प्रशासन कार्यालय कास्कीका शाखा अधिकृत राम्जी कोइरालाले बताएका छन् ।
उनले नेपाल अहिले विकराल भूकम्पको समस्याबाट शोकाकुल रहेको बताउँदै कोइरालाले भूकम्पबाट घाइतेहरुको उपचार प्रथम आवश्यकता रहेको बताएका छन् । त्यसपछि राहत र पून निर्माणका लागि मानवीय सहयोगको आवश्यकता रहेको समेत बताए ।
बिहीबार मात्रै ३ जना विदेशी नागरिक तथा २ जना नेपालीको गोर्खा जिल्लाबाट उद्धार गरिसकेको बताए । पोखरा विमानस्थलमा गोरखाबाट भूकम्पमा घाईते भएकाको उद्धारको लागि भारतीय सेनाका ६ वटा हेलिकप्टर संचालन गरिएको समेत बताएका छन् ।
तर, भूकम्पबाट घाईते भएका र घरबारविहीन भएका गोरखाको बासिन्दाले अहिलेसम्म राहत नपाएको बताएका छन् । उनीहरुले नुन र बस्ने पालसम्म भएपनि हुन्थ्यो । एक जना गोरखाका बासिन्दाले पोखरा विमानस्थलमा झरिसकेपछि रातोपाटीसित गुनासो गरे । गोरखाको लापु गाविसको खानी गाउँमा अहिलेसम्म राहत नपुगेको र धेरै मानवीय क्षति भएको ठाउँमा उद्धार टोली नपुगेको बताउँछन् सामाजिक कार्यकर्ता अर्जुन सिंह गिरी । उनले भने, ‘लापुका बासिन्दाले अहिलेसम्म उद्धार पाएका छैनन् । नुन र पाल त परै जाओस् ।
भारतबाट राहत ल्याउने काम भैरहेको छ । खाद्यान्न, तरकारी, चाउचाउ, बिस्कुट, पानीलगायतका साम्रगी गोरखा र लमजुङ जिल्ला वितरणका लागि पठाएको भएतापनि पालको समस्या रहेको बताए । गोरखामा राहतको वितरण लागि समन्यवको अभाव रहेकोले राहत वितरणमा समस्या रहेको बताए ।
त्यस्तै कास्की एमाले सभासद् चुडामणी जंगलीले अहिले देश भूकम्पको पीडाले रोइरहेको बेला कसैले पनि देशमा राजनैतिक भावना राख्न नहुने बताउँदै विशेष त गोरखा, सिन्धुपाल्चोक, लमजुङ जस्ता धेरै मानवीय क्षति भएका जिल्लामा जनताको उद्धारको लागि सामाजिक सेवा खाँचो रहेको बताएका छन् । उनले नेपालमा भूकम्पबाट ८० लाखले जनता पीडित रहेको बताए । करिब ६५ लाख मानिस घरबारविहीन रहेको बताउँदै उद्धारको खाँचो रहेको बताए ।
from Taja News Online http://ift.tt/1HVh4gI
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

