Loading...
Loading...
मलेसियाबाट आमाको किरिया गर्न आएका कृष्णकै काजकिरिया
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

महोत्तरी वैशाख १६ – महोत्तरीको बर्दिबास–४ गौरीडाँडाका कृष्णबहादुर कार्की वैदेशिक रोजगारीका लागि तीन वर्षअघि मलेसिया जाँदा धेरै सपना थिए । रहरहरुको चाङ थियो ।

धेरै रहर मध्ये एउटा अति नै उत्कट ईच्छा थियो उहाँसँग आमा हितमाया कार्कीको बुढेसकाललाई सजिलो बनाउने ! तर कृष्णबहादुर मलेसियामै रहेका बेला आमा हितमायाको गत वैशाख २ गते निधन भयो । आमाकै निधन भएपछि मातृसेवा गर्ने रहर पूरा नभए पनि परदेशबाट कमाएको धनले उहाँ आमाको काजकिरिया गर्न वैशाख ११ गने काठमाडौं आइपुग्नुभयो । नेपाल फर्कने सबै प्रक्रिया मिलाउँदा उहाँलाई समय लागेको थियो ।

आमाको निधन भएको ९ दिनपछि काठमाडौं आइपुगेपछि आमाको किरिया गर्ने उहाँको कर्तव्य पूरा हुन सकेन । उहाँ आफ्नो जन्मथलो बर्दिवास पनि पुग्न पाउनु भएन । कृष्णबहादुरको वैशाख १२ गते आएको भूकम्पमा परेर काठमाडौंमा ज्यान गयो । भुकम्पका कारण काठमाडौंमा ढलेको धरहरामा परेर मर्ने डेढसय जना (अनुमानित)मा उहाँ पनि पर्नुभयो । आमा मरेपछि आफू टुहुरो भएर नेपाल आईपुगेका कृष्णबहादुरलाई भुईचालाले लगेपछि उहाँका ११ वर्षका छोरा र ७ वर्षकी छोरी पनि टुहुरा भए । २८ वर्षको कलिलो उमेरमै कृष्णकी श्रीमती प्रमिला विधवा बन्नुभयो । कार्की परिवारमा एकपछि अर्को विपदको बज्र पर्‍यो ।

आमाको किरिया गर्न आएका कसरी पुगे त धरहरा ?

वैदेशिक रोजगारीको लागि तीन वर्षअघि मलेसिया गएका कृष्णबहादुर वैशाख ११ गते राति १० बजे काठमाडौं आइपुग्नु भएको थियो । उहाँको सालो विष्णु बस्नेत काठमाडौं पुग्नु भएको थियो । आमाको किरिया गर्न आएका कृष्णबहादुर १२ गते बिहानै घर जाने तयारीमा हुनुहुन्थ्यो । तर घरबाट फोन आयो ‘तुरुन्तै घर नआउनु, आमाको १२ औं दिनको काम सकिएपछि मात्र आउनु ।’ कृष्णबहादुरकी आमा हितमायाको किरिया काका नारायण कार्कीले गरिरहेको र काकाले किरिया गरेका बेला छोराले हेर्न नहुने भन्दै उहाँलाई घर नआउन भनिएको थियो । पण्डितले सुझाए अनुसार आमाको किरिया नसकिउन्जेल कृष्णबहादुरले काठमाडौंमै अलमलिनु पर्ने भयो ।

भिनाजुलाई लिन काठमाडौंसम्म गएका विष्णुले होटलमा बस्न अल्छी लागेपछि कृष्णबहादुरलाई धरहरा चढौं भन्ने प्रस्ताब गरे । सालोको आग्रह टार्न नसकेपछि कृष्णबहादुर पनि धरहरातिर लाग्नुभयो । कृष्णबहादुर र विष्णु धरहरामा रहेकै बेला भूकम्प जाँदा धरहरा ढल्यो । धरहरासँगै कृष्णबहादुर र विष्णु पनि ढले र दुवैको ज्यान गयो ।

लोग्ने र भाईको एक चिहानपछि बिचल्ली

कृष्णबहादुरसँगै भाई बिष्णुको पनि ज्यान गएपछि प्रमिलालाई सबैभन्दा ठूलो बज्र परेको छ । छोराछोरीसँगै प्रमिलाको पनि बिचल्ली भएको छ । ‘भूकम्पले श्रीमानलाई लग्यो, दाजुभाइको नाममा त्यही एउटा भाइ थियो, त्यसलाई पनि लग्यो’ श्रीमानकोे किरियामा बसेकी प्रमिलाले रुँदै भन्नुभयो ‘घर माइत सबैतिर शुन्य भयो ।’ सम्पत्तिको नाममा एक कठ्ठा जमिन र त्यसमा बनेको सानो घर मात्र भएकी प्रमिलालाई श्रीमानको मृत्युपछि अब दुई छोराछोरीलाई कसरी हुर्काउने भन्ने चिन्ता थपिएको छ ।
श्रोत :-उज्यालो



from Taja News Online http://ift.tt/1bVjekZ
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.