Loading...
Loading...
राहत नपाएको भन्दै जिल्ला प्रशासनमा तोडफोड
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

दोलखा, वैशाख १६ - भूकम्प गएको पाँच दिन बित्दासमेत सरकारले राहत नदिएको भन्दै दोलखाका जिल्लाका बासिन्दाले जिल्ला प्रशाासन कार्यालय तोडफोड गरेका छन् ।

भूकम्पबाट जिल्लाभरमा अहिलेसम्म ६० जानको ज्यान जानुको साथै ९५ प्रतिशत घर ध्वस्त हुँदासमेत प्रशासन मौन रहेको भन्दै उनीहरुले तोडफोड गरेका हुन । दोलखामा ९ सय ५० जना वेपत्ता छन् । उनीहरुको खोजी तथा उद्धारका लागि प्रशासनले केहि नगरको स्थानीयबासिन्दाको आरोप छ ।

भूकम्पबाट सबैभन्दा बढी जफे गाविसमा ११ जनाको ज्यान गएको छ । भीमेश्वर नगरपालिकामा ९ जनाको ज्यान गएकोे छ । भूकम्पछि सञ्चार सम्पर्क विच्छेद भएका कारण दोलखाका दुर्गम क्षेत्रहरुमा सम्पर्क हुन सकेको छैन र ती क्षेत्रहरुमा भएको क्षतिको विस्तृत विवरण आउन सकेको छैन । दोलखाको उत्तरी क्षेत्रको लामाबगरमा ९ सय ५० जना अलपत्र परेका छन् । तर उनीहरुको उद्धार हुन सकेको छैन । यार्सागुम्बा टिप्न गएका १३ सय जना मध्ये ४ सय ६६ जना मात्र सम्पर्कमा आएको र बाँकीको बारेमा केहि जानकारी छैन । नेपाली सेनाको बर्द बहादुर  गणले हालसम्म ३ सय ८७ जनाको उद्धार गरेको छ ।  हेलिकप्टरको साहायताले मात्र नभई  सेनाले घटना स्थलमा पुगी तत्काल उद्धार समेत गरेका छन ।

भूकम्पमा परी घाइते भएकाहरुलाई सदरमुकाम ल्याउने क्रम अझै चलिरहेको छ । घाइतेहरुलाई सदरमुकामस्थित प्राथमिक स्वास्थ्य केन्द्र, गौरीशंकर जनरल अस्पताल र च्छोरोल्पा अस्पतालले उपचार गरिरहेका छन् । चरिकोटमा उपचार सम्भव नभएका १५ जना घाइतेहरुलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
शव निकाल्न सकिएन

गाउँगाउँमा भएका सबैजसो कच्ची घरहरु बस्नै नमिल्ने गरी भत्किएका वा चर्किएका छन् । सदरमुकाम चरिकोटका पक्की घरहरु पनि अधिकांशमा क्षति पुगेको छ । सदरमुकाम चरिकोटस्थित होटल संगमको पक्की भवनले ढलेर अर्को पक्की भवनलाई थिचेको छ ।यो भवन ढल्दा त्यसले किचेर मृत्यु भएका प्रशान्त कार्कीको शव बुधवारसम्म पनि निकाल्न सकिएको छैन । कार्कीको शव फ्रान्सेली उद्धार टोलीले समेत निकाल्न सकेन ।

त्यसैगरी लामाबगरको दुर्गम गाउँ लुम्नाङ क्षेत्रस्थित जुमखोला जलविद्युत आयोजनाको सर्भेक्षणका लागि गएको टोलीलाई पहिरोले किचेर चारजनाको ज्यान गएकोमा उनीहरुको शव पनि निकाल्न सकिएको छैन । उनीहरुसँगै गएका दुईजना विरामी परी लामाबगरमा अलपत्र परेकामा उनीहरुको पनि उद्धार हुन सकेको छैन ।



from Taja News Online http://ift.tt/1Eq9RDg
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.