भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१७ पुस, भोजपुर । नेपाल सरकार र भारतको सतलज कम्पनी विच अरुण तेस्रो पिडिए अनुसार भोजपुरका प्रभावित क्षेत्रका वासिन्दाले पनि सुविधा पाउनु पर्ने माग सहित जिल्लाका ९ दलले ज्ञापन पत्र वुझाएका छन ।
जिल्ला प्रशासन कार्यलय भोजपुर मार्फत दलहरुले प्रधानमन्त्री र उर्जा मन्त्री समक्ष ज्ञापन पत्र पठाएका हुन् । जिल्लाका कृयाशिल ९ दलको हस्ताक्षरमा पठाईएको ज्ञापनपत्रमा संखुवासभा जिल्लाका प्रभावित क्षेत्रले पाउने सुविधा भोजपुर जिल्लाका प्रभावित क्षेत्रका वासिन्दाले पनि पाउनु पर्ने भन्ने माग राखिएको छ ।
ज्ञापन पत्रमा अरुण नदी भोजपुर र सङखुवासभाको साझा प्रकृतिक सम्पदा भएकोले दुबै जिल्लामा बराबर प्रभाव पर्ने तर क्षतिको भागेदार भोजपुरबासी मात्र बन्न पुगेको बताइएको छ ।
प्ा्रकृतिक स्रोत साधन माथि स्थानीयबासीको अग्राधिकार भन्ने संयुक्त राष्ट्रसंघको घोषण पत्र आइ एल ओ १६९ बिपरित भएको भन्दै यसले भोजपुरले जनतालाई अपमान गरेको बताएको छ ।
ज्ञापनपत्रमा मागलाई न्याय संगत ढंगले नेपाल सरकार ले नलिएमा कडा संघर्षमा उत्रन सक्ने समेत भनिएको छ ।
उमेश अधिकारीबाट
from Online Khabar » समाचार http://ift.tt/1tpH0Yd
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

