भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

सन् २०१४ मा विश्वभर ११८ पत्रकारको हत्या भएको र पाकिस्तान तथा सिरिया सबैभन्दा घातक मुलुक भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घले बुधबार जानकारी दिएको छ ।
आईएफजेले सन् २०१३ मा भन्दा यस वर्ष १३ बढी पत्रकारको हत्या भएको जानकारी दिएको छ । यस संस्थाले पत्रकारलाई उनीहरूको कामका लागि आक्रमणको लक्ष्य बनाइएको वा उनीहरू दोहोरो भिडन्तमा परेको उल्लेख गरेको छ । यस वर्ष १७ पत्रकारलाई काममा खटाउँदा प्रकृतिक प्रकोपका कारण उनीहरूको मृत्युभएको बताइएको छ ।
यस संस्थाले सरकारहरूलाई पत्रकारको रक्षा गर्ने कार्य आफ्नो प्राथमिकता बनाउन आग्रह गरेको छ । आईएफजेका अध्यक्ष जिम बुमेलाले एक विज्ञप्ति प्रकाशन गरी पत्रकारलाई सूचनाको निर्बाध प्रवाहका लागि मात्र नभएर उनीहरूका लागि ठूलो रकम तथा हिंसाबाट राजनीतिक छुट प्राप्त गर्न पनि आक्रमणको लक्ष्य बनाउने गरेको उल्लेख गर्नुभएको छ ।
उहाँले केही आमसञ्चार संस्थाहरू हाल युद्धक्षेत्रमा पत्रकार पठाउन तथा त्यहाँका स्वतन्त्र पत्रकारका सामग्री प्रयोग गर्न डराउन थालेको बताउनुभएको छ । उहाँले आमसञ्चारको सुरक्षामा सुधार नभए युद्धको समाचार बनाउँदा स्वतन्त्र साक्षीको अभाव हुने चेतावनी दिनुभएको छ ।
यस वर्ष पाकिस्तानमा १४ पत्रकारको हत्या भएको छ र यो मुलुक पत्रकारका लागि सबैभन्दा घातक मुलुक बनेको छ । यसपछिको स्थान सिरियाको छ र त्यहाँ १२ पत्रकारको हत्या भएको छ । यसपछिको स्थान अफगानिस्तान तथा प्यालेस्टाइन क्षेत्रको छ र त्यहाँ नौ÷नौ पत्रकारको हत्या भएको छ ।
यस वर्ष मारिने पत्रकारमा एएफपीका पत्रकार ४० वर्षीय सरदार महमद पनि परेका छन् । उनको मार्च महिनामा तालिवानले अफगान राजधानीमा एक होटेलमा आक्रमण गर्दा मृत्युभएको थियो । उनको साथमा उनकी पत्नी तथा दुई बालबालिकाको पनि हत्या भएको थियो ।
इराक तथा युक्रेनमा आठ÷आठ पत्रकारको हत्याभएको छ भने होन्डुरसमा छ तथा मेक्सिकोमा पाँच पत्रकारको हत्याभएको छ । अमेरिकी स्वतन्त्र पत्रकार जेम्स फोली तथा स्टिभन सटलफलाई इस्लामी स्टेट लडाकू समूहले सार्वजनिक रूपमा घाँटी काटी हत्या गरेको छ । आईएफजेले यसलाई आमसञ्चारको सुरक्षामा सरकारको प्रवृत्तिको स्वरूपमा परिवर्तन गरिदिएको उल्लेख गरेको छ ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्टले एक साता अगाडि यस वर्ष ६० पत्रकारको हत्या भएको जानकारी दिएको थियो भने आईएफजेको तथ्याङ्कमा प्रस्तुतकर्ता तथा चालकजस्ता आमसञ्चारका लागि काम गर्ने अन्य कर्मचारी पनि समावेश गरेको छ । यसैले आईएफजेको सङ्ख्या बढी छ ।
अर्का संस्था रिपोर्टर्स विथआउट बोर्डर्सले डिसेम्बर १६ मा सन् २०१४ मा ६६ पत्रकारको हत्या भएको जानकारी दिएको थियो ।
from News Portal Of Global Nepali » अन्तराष्ट्रिय http://ift.tt/1vw2Skp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

