फेरि घट्यो अमेरिकी डलरको भाउ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१७ पुस काठमाडौं । बिहीबार पनि अमेरिकी डलरको भाउ घटेको छ । बुधबार प्रतिडलर ४५ पैसाले घटेको डलरको मुल्य बिहीबार ५६ पैसाले घटेको छ ।
बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर सय रुपैयाँ ५६ पैसामा किन्ने र १ सय १ रुपैयाँ १६ पैसामा बिक्री गर्ने जनाएको छ ।
बुधबार राष्ट्र बैंकले प्रतिडलर १ सय १ रुपैयाँ १२ पैसामा किनेर १ सय १ रुपैयाँ ७२ पैसामा बिक्री गरेको थियो ।
पुस १ गतेदेखि लगातार बढेको अमेरिकी डलरको मुल्य पुस १६ र १७ गते घटेको हो । दुई दिनमा डलरको मुल्य १ रुपैयाँ १ पैसाले घटेको छ ।
अमेरिकी अर्थतन्त्र बलियो हुने अपेक्षामा संसारभरका लगानीकर्ताहरु डलर खरिद गर्न थालेपछि डलरको मुल्य बढेको थियो ।
from Online Khabar » समाचार http://ift.tt/1zT50tX
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

