Loading...
Loading...
ओली आएपछि आइसीसीमा निर्णायक बैठक
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१७ पुस, काठमाडौं । संविधान निर्माणमा दलहरुबीच हालसम्म भएका सहमति र असहमति तथा अब के गर्ने भन्ने बारे खुलस्त हुनका लागि आज संविधानसभा कार्य व्यवस्था समिति बैठक बसिरहेको छ ।


Kp-oli संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आह्वानमा बसेको बैठकमा पाँच दलका शीर्ष नेता सहित संविधानसभा संवाद समिति र मस्यौदा समितिका सभापतिद्वय बाबुराम भट्टराई तथा कृष्णप्रसाद सिटौला पनि सहभागी छन् ।


बुधबार बोलाइएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुन नसक्ने भएपछि स्थगित भएका थियो । एमाओवादी अध्यक्ष प्रचण्डले ओली नभई बैठकमा सहभागी नहुने भनेकाले बैठक बस्न सकेको थिएन ।


एमाले अध्यक्ष ओली झापाबाट फर्किएपछि आज विहान ९ बजेदेखि नेम्वाङको अध्यक्षतामा संविधानसभा भवनमा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।


बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, मधेसी मोर्चाका बिजय गच्छदारलगायतका नेता सहभागी छन् ।


बैठक दिनभरि लगाएर भने पनि एउटा टुंगोमा पुर्‍याउने अध्यक्ष नेम्वाङले बताए । ‘सहमति किन हुन सकेन, अब सहमति गर्ने हो भने कति दिनमा गर्ने, नत्र कुन प्रक्रियामा जाने भन्ने टुंगो लगाउनुपर्ने छ’ उनले भने ।


कांग्रेस एमालेले सहमति नभए मतदानको प्रक्रियामा गएर भने पनि माघ ८ मा संविधान जारी गर्नुपर्ने बताइरहेका छन् भने एमाओवादी र मधेसी मोर्चाले मतदानमा गए बहिस्कार गर्ने चेतावनी दिइरहेका छन् ।






from Online Khabar » समाचार http://ift.tt/1BjluJn

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.