Loading...
Loading...
परभेज मुसर्रफमाथि आक्रमण गर्नेलाई मृत्युदण्ड
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
Pervez-Musharraf-1 पेसावर – पाकिस्तानी पूर्व सैनिक शासक परभेज मुसर्रफमाथि आक्रमण गर्ने एकजना व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको समाचार छ । उनले सन् २००३ मा पूर्व सैनिक शासक परभेज मुसर्रफको हत्याको आसयले हमला गरेको बताइएको थियो । त्यसै समयमा उनलाई पक्राउ गरी मुद्दा चलाइएको थियो । नियाज मोहम्मद नाम गरेका ४० वर्षीय ती व्यक्तिलाई बुधबार झुण्डाएर मारिएको हो । झुण्डाएर मृत्युदण्ड दिएपछि उनको शव उनका परिवारलाई बुधबारै जिम्मा लगाइएको समाचारमा जनाइएको छ । पाकिस्तानमा केही दिनयतामात्र मृत्युदण्डको कानुन उल्ट्याइएको छ । केही हप्ताअघि पेसावर सहरमा सैनिकद्वारा सञ्चालन गरिएको एक विद्यालयमा हमला भएपछि कयौँ बालबालिकाको ज्यान गएको र सो ज्यादतीपछि उक्त कानुन उल्ट्याइएको हो । मोहम्मद हालैमात्र उल्टिएको पाकिस्तानको मृत्युदण्ड कानुनबमोजिमको सजाय पाउने १७ औँ व्यक्ति हुन् । उनलाई पाकिस्तानको पेसावर सहरमा रहेको केन्द्रीय जेलमा झुण्डाएर मारिएको हो । केही समयअघि यात्राको क्रममा पाकिस्तानका पूर्व सैनिक शासक परभेज मुसर्रफमाथि रावलपिण्डीमा उनले आक्रमण गरेको बताइएको छ । सन् २००३ को डिसेम्बर महिनामा मुसर्रफको यात्राको क्रममा उनको सुरक्षा घेराभित्रै पर्नेगरी उनले शक्तिशाली विस्फोटक पदार्थले आक्रमण गरेको बताइएको थियो । त्यसयता उनलाई थुनामा राखेर मुद्दा चलाइएकोमा दोषी पाइएको भन्दै बुधबार उनलाई मृत्युदण्ड दिइएको छ । यस विषयको पुष्टि जेलका एकजना अधिकारीले गरेका छन् । पाकिस्तान सरकारले आतङ्कवादी क्रियाकलापमा सम्लग्न हुने व्यक्तिलाई मृत्युदण्ड दिनुपर्ने सजायको व्यवस्था हालैमात्र गरेको हो ।





Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://ift.tt/14ebd6L

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.