भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

हालैका हप्ताहरुमा खास गरी बहुप्रतिक्षित व्यंग्यात्मक चलचित्र ‘दि इन्टरभ्यु’ रिलिज भएसँगै वासिंटन र प्योङयाङबीच अभूतपूर्व ‘जस्तालाई तस्तै’ व्यवहार देखापरेको छ, जसमा उत्तर कोरियाली नेता किम जोङ अनको हत्या योजनाको विषयलाई समेटिएको छ ।
सतहमा यो सबै मामिलाले वैचारिक युद्धलाई प्रतिबिम्बित गर्दछ : एकातर्फ पुँजीवादी शक्ति र अर्कोतर्फ संकटग्रस्त उत्तर-स्टालिनवादी शासनका बीचमा एउटा शीतयुद्धको अवशेष ।
वाक स्वतन्त्रताको समर्थन गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले चलचित्रको यसअघि तय भएको सार्वजनिकीकरण रद्द भएको विषयप्रति आफ्नो असन्तुष्टि व्यक्त गरे र साइबर जोखिमविरुद्ध धरातल सशक्त बनाउनका लागि मनोरञ्जन उद्योगलाई उक्साए ।
लगत्तै, उत्तर कोरियाको सर्वोच्च निर्णायक अंग राष्ट्रिय प्रतिरक्षा आयोगले उक्त चलचित्र प्रतिक्रियावादी प्रोपोगान्डा रहेको भन्दै भत्र्सना गर्यो ।
उदीयमान चीन अमेरिकाको सबैभन्दा ठूलो खतरा हो, तथापि हलिउडले बेइजिङको राजनीतिक संवेदनशीलतालाई मिलाउन सफल भएको छ । वास्तवमा हलिउड फिल्मका लागि चीन सबैभन्दा ठूलो विदेशी बजार हो ।
आफ्नो पुरानैखाले विशेषताको अपमानजनक गालीलाई दोहोर्याउँदै प्योङयाङले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई उष्ण प्रदेशीय जंगलमा बस्ने बाँदरको आरोप लगायो र ओबामाले कथनी र करणीमा सधैं लापरवाही गर्ने गरेको भन्दै आलोचना गर्यो ।
अन्ततः डिसेम्बरको अन्त्यमा एउटा सम्झौता भयो र सोनीले फिल्म ‘दि इन्टरभ्यू’लाई सीमित वितरण गर्न सहमति जनायो । यसअघि आफ्नो संरचनामा थप साइबर हमला हुने डरले सोनीले यो फिल्मको रिलिज गर्ने मिति नै सारेको थियो ।
रोमान्सको लडाइँ
संकटग्रस्त कम्पनी सोनीले वषौँदेखि विनाशकारी ह्याकिङ आक्रमणको सामना गर्नु परिरहेको छ, जसका कारण सोनीको प्रतिष्ठामा आँच आएको मात्र छैन, यसको नाफा समेत घटिरहेको छ । बेनामी ह्याकरहरुको समूहले चेतावनी दिएसँगै अमेरिकाका मुख्य सिनेमा हलहरुले समेत यो चलचित्र प्रदर्शन नगर्ने निधो गरे ।
हालैका दिनहरुमा सोनी विरुद्धका ह्याकिङ आक्रमण तथा साइबर धम्कीहरुमा प्योङयाङको हात रहेको वाशिङटनको आरोप छ र त्यस विरुद्ध प्रत्याक्रमणमा उत्रिने चेतावनी पनि दिएको छ । त्यसलगत्तै उत्तर कोरियामा दुईपटक इन्टरनेट ब्लाकआउट भयो ।
साथै अमेरिकाले उत्तर कोरियालाई ‘घटिया शासन’ भन्दै त्यसमाथि लगाम लगाउनका लागि चीनको सहयोगसमेत मागेको छ । ‘दि इन्टरभ्यु’ फिल्मको बढ्दो विवादका कारण धन्य साइबर युद्ध अहिले मूलधारका मिडियाहरुमा मुख्य विषय बन्न पाएको छ र यसले कूटनीतिको प्रकृति तथा अन्तर-राज्य सम्बन्धमा समेत फरकपना ल्याउँदैछ ।
पछिल्लो चलचित्र यसअघिका उत्तर कोरियाविरोधी फिल्महरु जस्तै रेड डन तथा ओलम्पस ह्याज फलनकै औचित्यपूर्ण विस्तारकै रुपमा रहेको छ, धेरै हदसम्म ।
धेरै मानिसका लागि यो फिल्ममा हानीरहित व्यंग्य छ, विश्वको एकलकाँटे देशका बारेमा आम जनताले बनाएको धारणा जस्तै । तर, नाटकको मध्यभागमा जसरी सरकारहरु तानिएका छन् त्यसले अवस्था त्यस्तो छैन भन्ने बुझाउँछ ।
अन्ततः ओबामाले यो कुरा स्पष्टरुपमा व्यक्त गरेका छन् कि हलिउड भनेको अमेरिकी ‘सफ्ट पावर डिप्लोम्यासी’को अभिव्यक्ति हो, जसले अन्य देशको रोजाइ तथा धारणा निर्माण गर्ने क्षमता राख्छ ।
सन् २०१३ मा ओबामाले गर्बिलो गरी भनेका थिए कि मनोरञ्जन क्षेत्र अमेरिकाको कुटनीतिको एउटा भाग हो । अमेरिकी मनोरञ्जन उद्योगले विश्वको संस्कृति निर्माणमा सहयोग गरेको र अमेरिकालाई विशेष बनाएको भन्दै उनले तारिफ गरेका थिए ।
उत्तर कोरियाली शासन, जो आत्मनिर्भरता तथा राष्ट्रिय शुद्धिको मिथकमा बाँचेको छ, उसको राजनीतिक वैधतालाई एउटा व्यंग्यात्मक चलचित्रले समेत चुनौती दिने हैसियत राख्छ । हलिउड फिल्महरुले राजनीतिक कल्पनामा सिधै हमला गर्ने तागत राख्छन्, जसले निरंकुश शासन तथा त्यसका शासकहरुलाई सहारा दिएको हुन्छ ।
असम्भव सहकार्य
अमेरिकी संघीय जाँच ब्यूरोले हालैको साइबर आक्रमण तथा धम्कीमा उत्तर कोरियाको हात रहेको ठहर गरेको छ । तर, उत्तर कोरियाले त्यस्तो आरोप अस्वीकार गरेको छ । अधिकांश साइबर विज्ञहरुले समेत उत्तर कोरियासँग यस्तोखाले साइबर आक्रमणको लागि चाहिने अत्याधुनिक सीप र प्रविधि रहेकोमा शंका गर्छन् । वास्तवमा हालैका साइबर आक्रमणमा राज्य वा गैरराज्य पक्ष कसको हात छ भन्ने कुरा अझै स्पष्ट भैसकेको छैन ।
चीन हलिउडको राम्रो बजार
अहिले सबै मार्गहरु बेइजिङतर्फ अघि बढ्छन् । हलिउड र ओबामा प्रशासन दुबैले चीनसँग सचेततापूर्ण सहकार्य अँगालेका छन् । यद्यपि उदीयमान चीन अमेरिकाको सबैभन्दा ठूलो खतरा हो, तथापि हलिउडले बेइजिङको राजनीतिक संवेदनशीलतालाई मिलाउन सफल भएको छ । वास्तवमा हलिउड फिल्मका लागि चीन सबैभन्दा ठूलो विदेशी बजार हो ।
चीनको कौशल तथा महत्वको पहिचान गर्दै ओमाबा प्रशासन चीन पुगेको छ, उत्तर कोरियाको कथित अपराधमाथि बिर्को लगाइदिने सहकार्यको खोजी गर्दै । विडम्बनाको कुरा के छ भने वर्षको सुरुतिर पाँच जना चिनियाँ सैन्य ह्याकरविरुद्ध अमेरिकाले आर्थिक जासुसीको आरोपमा मुद्दा चलाएको थियो ।
अमेरिकाको परम्परागत सैन्य सर्वोच्चता अन्य प्रतिस्पर्धी देशहरुको भन्दा निकै माथि भए पनि साइबर युद्धको यो युगमा चीन तथा रसियाजस्ता शक्तिहरुले तिब्ररुपमा आफ्नो असामान्य क्षमता विस्तार गरिरहेका छन् ।
त्यसैले अहिलेको वास्तविक मुद्दा भनेको अमेरिका र चीनबीचको बढ्दो साइबर प्रतिस्पर्धा हो र त्यसलाई व्यवस्थापन गर्न साइबर आचारसंहिता निर्माण अत्यावश्यक छ ।
सन् २०१० मा एक साइबर वर्म स्टक्सनेटले ह्याकरहरुसँग विश्वका मुख्य निशानाहरु जस्तै औद्योगिक उपकरण र आणविक उर्जा भट्टीहरु ध्वस्त पार्न सक्ने क्षमता रहेको खुलासा गरिदिएको थियो । तसर्थ शत्रुराष्ट्रहरु तथा गैरराज्य पक्षबाट हुने ठूलो परिमाणका आक्रमणहरुका कारण विश्वको अर्थतन्त्र निकै जोखिममा छ ।
समग्रमा, ‘दि इन्टरभ्यु’ फिल्म सार्वजनिकीकरणको विषयमा भएको विवादले साइबर चोरी तथा आक्रमणको विनाशकारी स्थितिलाई कसरी पन्छाउने भन्ने विषयमा वाशिंटन र बेइजिङबीच संस्थागत वार्तालाई आधार प्रदान गर्ने र साइबर युद्धको युगमा विश्व प्रतिस्पर्धालाई व्यवस्थापन गर्न सहयोग गर्नेछ ।
(एसियाको भूराजनीतिक तथा आर्थिक मामिलाका विज्ञ रिचार्ड ‘अरब विश्वमा पुँजीवादको असफलता’ शीर्षकको पुस्तकका लेखक हुन् । रिचार्डको यो लेख अलजजिराबाट भावानुवाद गरिएको हो- सं)
from Online Khabar » समाचार http://ift.tt/1Bjlxom
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

