मेलमिलाप नीति लिएर इलाम जानेलाई नेपालवाणीको सम्मान
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
१७ पुस, इलाम । शान्ति सञ्चार सहकारी संस्था तथा इलाम सामुदायिक विकास केन्द्र इलामले बिपीको मेलमिलाप नीतिलाई पहिलोपटक नेपाल प्रवेश गराउने तीन जनालाई सम्मान गरेको छ ।
शान्ति सहकारी संस्था तथा इलाम सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको रेडियो नेपालवाणीको सातौ वाषिर्क साधारणसभा कार्यक्रममा सभासद् तथा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ, नागरिक अगुवा धर्म गौतम तथा सर्लाही नेत्रगन्जका बासुदेवशरण कोइरालालाई सम्मान गरिएको हो ।
बिपी कोइराला पञ्चायती कालमा निर्वासनको समयमा भारतमा रहेका बेला उनीसँग भेटेर पहिलोपटक बिपीले अङ्गिकार गरेको मेलमिलापको नीति लिएर स्वदेश र्फकने तीन व्यक्तिलाई सम्मान गरिएको हो । उनीहरुलाई रेडियोका सञ्चालक समिति अध्यक्ष केदार थापा लगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
from Online Khabar » समाचार http://ift.tt/1y9lGNp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

