Loading...
Loading...
अंग्रेजी नयाँ वर्ष सुरु, विभिन्न सांस्कृतिक कार्यक्रम गरिँदै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१७ पुस, काठमाडौं । नयाँ वर्ष २०१५ आजदेखि सुरु भएको छ । नयाँ वर्षको अवसरमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरु नयाँ वर्षको शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइँदैछ । विदेशी पर्यटकहरु आएका स्थानमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।


यसैबीच क्रिस्चियन धर्मावलम्बीले आज ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष सन् २०१५ मनाउँदै छन् ।


प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन इस्वी संवत् सुरु हुन्छ । विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्ट -प्रभु यशु)को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।


विश्वका सम्पूर्ण मानव समुदायको कल्याण तथा मुक्तिका लागि क्राइस्टले मारियमको कोखबाट जन्म लिई पृथ्वीमा आएको विश्वास सो धर्मावलम्बीको रहेको छ ।


सो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा इसाइ तथा गैरइसाइले पनि विभिन्न परिकारका मीठा मीठा खाना खाने तथा साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाउँछन् ।


नेपालका विभिन्न पर्यटकीय सङ्घसंस्थाले पर्यटकीयस्थल तथा सो आसपास क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गरी पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरूलाई आकर्षण गर्ने गर्छन्






from Online Khabar » समाचार http://ift.tt/1tpGYj9

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.