भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

- विराटनगर विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह
१६ पुस, बिराटनगर । मन्त्री बनेपछि आफ्ना प्रत्येक भाषणमा स्थानीय निर्वाचनको तयारी भइरहेको बताउने उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले संविधान बनेपछि स्थानीय चुनाव हुने बताएका छन् ।
वीपी मेलमिलाप दिवसका अवसरमा पार्टीद्वारा आयोजित कार्यक्रममा सहभागी हुन बिराटनगर आएका मन्त्री सिंहले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै संविधान बनेपछि राजनीतिक सहमतिका आधारमा चुनाव हुने बताएका छन् ।
पार्टीको कार्यक्रममा भाग लिन सरकारी स्रोत खर्च गरेर बिराटनगर पुगेका सिंहले सहमति नभए प्रक्रियामा गएर भए पनि माघ ८ भित्रै संविधान जारी हुने बताए ।
सहमतिका लागि शीर्ष नेताहरुले छलफल गरिरहेको उनले बताए । ‘दलका शीर्ष नेताहरुवीच छलफल चलिरहेको छ, सिंहले भने, ‘यदि सहमति भएर समय लम्बिए पनि विधि र प्रकृयावाटै संविधान जारी हुनेछ ।’
संविधान निर्माणपछि राष्ट्रपति, प्रधानमन्त्री लगायतको पावर सेयरिङका विषयमा पनि संविधानसभाले टुंगो लगाउने मन्त्री सिंहले बताए ।
मन्त्री सिंहले राजनीतिक अस्थिरताका कारण मुलुक आर्थिक गतिमा अग्रसर वन्न नसकेको उल्लेख गर्दै अब कुनै पनि हालतमा संविधान जारी हुनुपर्नेमा जोड दिए ।
from Online Khabar » समाचार http://www.onlinekhabar.com/2014/12/224048/
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

