Loading...
Loading...
मार हान्दाहान्दै भागेको भैंसी अस्पताल छिर्दा बबाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं, मंसिर १४– काठमाडौंमा आइतबार मार हान्दाहान्दै एउटा भैंसी अकास्मात भाग्दा आतंक मच्चिएको छ ।

राजधानीको बुद्धनगरमा मार हान्दाहान्दै भागेको सो भैंसी मुख्य सडक हुँदै भागेको थियो । मार हानेर चोट समेत लागिसकेको सो भैंसीका कारण सडकमा भागदौडसमेत मच्चिएको थियो । प्रत्यक्षदर्शीका अनुसार भैंसी सडक हुँदै यति बुर्कुसी मारेको थियो कि भाग्दाभाग्दै ह्याम्स अस्पतालभित्रै छिर्न पुग्यो । भैंसी एक्कासी अस्पताल छिर्दा डाक्टर, बिरामी, कुरुवा, नर्स आतंकित भएका थिए ।

मार हानेर बिच्किएको उक्त भैंसीलाई नियन्त्रण लिन प्रहरीले पटक–पटक प्रयास गरेपनि असफल भएपछि उक्त भैंसीलाई प्रहरीले गोली हानेर मारेको छ । यद्यपी भैंसीका कारण कुनै मानविय क्षति भने नभएको महानगरयि प्रहरी परिसर बानेश्वरले जनाएको छ । प्रहरीका अनुसार भैंसीलाई सामान्य अवस्थामा नियन्त्रणमा लिन नसकेपछि गोली हानिएको हो । उक्त भैंसीलाई काठमाडौं महानगरपालिकाको जिम्मा लगाइएको छ ।

केहि महिना पहिले पनि एउटा आधा गर्धन छिनेको राँगोले राजधानीको बल्खु क्षेत्रमा यस्तै बबाल मच्चाएको थियो ।







Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_606.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.