गीतका लागि दुब्लाइन् सोनाक्षी
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौ, मंसिर १४ - बलिउडमा सोनाक्षी सिन्हा भन्नेबित्तिकै मोटो खाइलाग्दो शरीर दिमागमा नाच्न थाल्छ । शत्रुघ्न पुत्री त्यही मोटो शरीर लिएरै यतिबेला बलिउड खाइरहेकी छन् । 'दबंग' हुँदै बलिउडमा जबरजस्त इन्ट्री मारेकी सोनाक्षीका सन् २०१२
मा पाँच फिल्म रिलिज भए भने अर्को वर्ष त झन् ६ वटा आए । जसमा अधिकांशले सफलता समेत हात पारेपछि त मोटो शरीरकी धनी सोनाक्षीका लागि त्यही शरीर नै लक्की सावित भयो । तर अब भने उनी बदलिएकी छन् ।
आगामी फिल्म 'तेवर' का लागि उनले आफ्नो वजनलाई हात्तै घटाउने भएकी हुन् । यसको नतिजा अहिल्यै नै देखिन थालिसकेको छ । फिल्मका निर्देशक बोनी कपुर त यतिबेला सोनाक्षीको फिगरको तारिफ गर्नमा व्यस्त हुन थालेका छन् । उनी भन्छन्, 'पछिल्ला सबै फिल्ममा भन्दा यो फिल्ममा सोनाक्षी एकदमै राम्री देखिने छिन् ।
फिल्मको एक गीतमा नाच्नका लागि उनले आफ्नो तौललाई एकदमै घटाएकी छन् । अहिले त उनको बडी नृत्य गर्दा खुब आकर्षक देखिएको छ ।' सोनाक्षीले 'तेवर' को गीत 'राधा नाचेगी' का लागि यति धेरै मिहिनेत गरेकी रहिछन् ।
सेमी क्लासिकल स्टाइलमा नाचेकी सोनाक्षीले निर्देशकको मन त राम्रैसँग जितेकी रहिछन्, अब दर्शकको मन कत्तिको जित्ने हुन् अर्को वर्ष फिल्म रिलिज भएपछि थाहा होला । निर्देशक बोनी कपुर त सोनाक्षीबाट यति धेरै प्रभावित भएछन् कि 'तेवर' पछि बनाउने अर्को फिल्ममा पनि उनैलाई लिने घोषणा गरिसके ।
आगामी वर्षको जनवरी ९ मा रिलिज हुने 'तेवर' दक्षिण भारतीय फिल्म 'ओक्काडु' को रिमेक हो । जसमा सोनाक्षी बाहेक अर्जुन कपुर र मनोज बाजपेयी पनि मुख्य भूमिकामा छन् । संयोग नै भन्नुपर्छ, सोनाक्षीका कोस्टार अर्जुन पनि भीमकाय शरीरलाई घटाएरै बलिउड प्रवेश गरेका थिए । उनी निर्देशक बोनीका छोरा हुन् ।
from Bichitra Khabar http://bichitra-khabar.blogspot.com/2014/11/blog-post_148.html
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement