Loading...
Loading...
‘ऐनामा नाङ्गै हेर्दा सबै अंग सेक्सी लाग्छ’–सुरविना कार्की
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
२ वटा चलचित्रमा अभिनय गरिसकेकी नव–कलाकार सुरविना कार्की आफू स्टार बनेको सपना देख्छिन् । उनको सपना भोलीका दिनमा पुरा होला या नहोला, तर उनी मिहिनेत भने नछोड्ने बताउँछिन् ।





सानैबाट कलाकारितामा रुची भएकै कारण चलचित्र नगरीमा आएकी उनी ‘झेली’मा पहिलो पटक अभिनय गरेपछि केही मात्रामा चलचित्र क्षेत्रबाट परिचित भइन् । उनलाई आजसम्म चलचित्र क्षेत्रबाट कुनै समस्या झेल्नु परेको छैन । सबै चाहना पुरा भएका छन् र सबैले माया पनि गरेका छन् ।

उनको नयाँ चलचित्र ‘नाईके’ शुक्रबारबाट हलमा लाग्दैछ । उनलाई लाग्छ, यो चलचित्र हेरेपछि दर्शकले अझ उनलाई नजिकबाट चिन्नेछन् । आफूमा हिरोइनमा हुनुपर्ने सबै गुण भएको दाबी सुरविना गर्छिन् ।





‘अभिनय सबैले राम्रो छ भन्नुहुन्छ, मेरो स्क्रिन लुक्स पनि राम्रो छ, म मिहिनेती छु’, सुरविनाले आफ्नो खुबीको बारेमा बताइन् । तपाई कत्तीको सेक्सी त, सुरविनाले भनिन्–‘मलाई थाहा छैन म कत्ती सेक्सी छु । म काठमाण्डौ आउनु भन्दा अगाडि त मलाई सेक्सी भन्ने के हो थाहा पनि थिएन ।’

आफ्नो अनुहार र उमेरले साथ दिएसम्म नायिका बन्ने लक्ष्य राखेकी यी नव–कलाकारलाई उमेर घर्केपछि भूमिका परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ । सुन्दर देखिनका लागि उनी के गर्छिन् त, भन्छिन्–‘बिहानदेखि नसुतिन्जेलसम्म ग्रिन टी पिउँछु । उसिनको कुरा मात्र खान्छु ।’



हेर्दा उनको कुन अंग राम्रो त, भनिन्–‘आखा, ओठ मेरो सेक्सी छ । तर, ऐनामा नाङ्गै बसेर शरीर हेर्दा त सबै राम्रो लाग्छ नि ।’अफर आएको खण्डमा सबै भूमिका गर्छु भन्ने सुरविना चलचित्र क्षेत्रमा लागेर जिउँन सकिने दाबी गर्छिन् । उनले त आफूले आजसम्म खेलेका चलचित्रमा भनेको जती पारिश्रमिक पाएको समेत खुलाइन् । उनको बुझाईमा चलचित्र क्षेत्रमा प्रतिस्पर्धा धेरै छ । तर, पनि आफ्नो मनबाट भने उनलाई आफू सुपरस्टार नै लाग्छ ।



आफ्नो प्रेमका कुरा खोतल्दै सुरविनाले भनिन्–‘कक्षा १० मा पढ्दा मेरो अफेयर थियो । तर, ३ बर्षपछि त्यो टुट्यो । अहिले संझदा केटाकेटी खेले जस्तो लाग्छ ।’कथाले माग्यो भने उनी शरीरको पछाडिको भागब्याक लेस न्यूड सम्मको दृश्य दिन सक्छिन् । भनिन्–‘मैले पनि परिवार र समाज हेर्नुपर्छ । तर, म आधुनिक यूवती हुँ भन्ने पनि विर्सन हुँदैन ।’ उनको वुझाइमा अंग देखाउँदैमा कोही पनि छाडा हुँदैन ।



Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/11/blog-post_831.html

via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.