बोक्सी भन्दै हँसियाले महिलाको कपाल मुण्डन
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
कार्तिक १४ नुवाकोट : नुवाकोटको बेतिनी गाउँ विकास समितिको वडा नं ५ की एक महिलालाई स्थानीयवासीले बोक्सीको आरोप लगाई कपाल मुण्डन गरी कुटपिट तथा दुव्र्यवहार गरेका छन् ।
महिलालाई दुव्र्यवहार गरेको आरोपमा नुवाकोट प्रहरीले मुख्य नाइके ३५ वर्षीया सुनीमायाँ तामाङ र ३१ वर्षीया मनमायाँ तामाङलाई पक्राउ गरेको छ । यही कात्तिक ९ गते स्थानीय महिलाले बोक्सी भएको आरोप लगाउँदै साँझ ५ बजेको समयमा हँसियाले कपाल काटी, मलमूत्र खुवाउने प्रयाससमेत गरेको र शरीरको विभिन्न स्थानमा चोट लाग्ने गरी कुटपिटसमेत गरेको पीडित महिलाले बताए। पीडितले नाम नै किटानी गरी दिएको उजुरीको आधारमा पीडकहरु सुनीमायाँ तामाङ र मनमायाँ तामाङलाई जिल्ला अदालत नुवाकोटमा बोक्सीको आरोप लगाई यातना दिएको मुद्दामा म्याद थप गरी कारबाही सुरु गरिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अरुण पौडेलले जानकारी दिए। घटनामा संलग्न रहेकाको पहिचान गरी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी प्रमुख पौडेलले जानकारी दिए। रासस
Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/10/blog-post_111.html
via IFTTT

Source : Feed news from Taja Khabar | Online Nepali News Portal http://www.nepalxpress.com/2014/10/blog-post_111.html
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

