भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । जनआकाश साप्ताहिकको १६औं वार्षिकोत्सव समारोह स्रष्टा सम्मान , ‘कति राम्रो रामेछापको सिन’ लोक गीतको लोकार्पण तथा सुसेली तीज गीत छनौट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम जनआकाश साप्ताहिकका प्रधान सम्पादक तथा सन्चारकर्मी मोहन कार्कीको सभापतित्व र प्रतिनिधिसभाको उप सभामुख ईन्दिरा रानामगरको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा मनतब्य राख्दै संविधानसभाका उप(सभामुख ईन्दिरा रानामगरले पत्रकारहरुले समाजमा भएका सत्य तथ्य घटनालाई जस्ताको तस्तै देखिने गरी समाजलाई देखाएर ऐनाको भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
लोक गीतको लोकार्पण गर्दै उपसभामुख रानामगरले भन्नुभयो ‘म पनि रामेछापका बिभिन्न भू—भागमा पुगेको छु । त्यहाँको भूगोल अत्यन्तै राम्रो छ । यो गीतमा पनि रामेछापको भूगोलको वर्णन गरिएको रहेछ । कलाकार भाईबहिनीहरुले राम्रो अभिनय गरेर नेपालको मौलिक संस्कृति झल्कने गरी देखाएको छ ।’ जनआकाश मिडियाले ल्याएको लोकगीतले समग्र नेपालीहरुको मन जित्ने छ भन्दै प्रशंसा गर्नुभएको थियो ।
अर्र्को प्रशङ्गमा उपसभामुख रानामगरले “यति ठूलो कार्यक्रम गरी मोहन जीले समाजमा योगदान पुर्याएका व्याक्तित्वहरुलाई सम्मान गर्दैहुनुहुँदोरहेछ । मैले पनि अनाथ स—सना नानीबाबुहरुलाई ल्याएर पालेर हुर्काउने काम गर्ने गरेको छु । मैले पनि ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ । तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईनँ । रानामगरले थपे ‘मलाई राजनीतिमा आउन त्यति मन थिएन ब्यर्थै राजनीतिमा लागेको जस्तो शुरु शुरुमा भएको थियो । तर पछि बुझ्दै जाँदा महिला दिदीबहिनीहरुले राजनीतिमा आउनुपर्ने रहेछ । त्यहाँ महिलाका नीतिका कुरा लागू गर्नलाई नानी बोकेर हुन्छ के गरेर सम्भव हुन्छ त्यो आँट महिला दिदीबहिनीहरुले गर्नैपर्छ ” भन्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शान्तराम विडारीले जनआकाश साप्ताहिकलाई शुभकामना दिँदै जनआकाश जस्ता साना लगानीका मिडियाहरुलाई सरकारले संरक्षण गर्न नसक्दा अन्य ठुला भनिएका मिडिया जे भ्रम छर्यो त्यो नै सत्य होकी भनेर जनताले पत्याउनुपर्ने अवस्था छ । यस्तो अवस्थाको अन्त्य गर्न स्वदेशी स्वनिर्भर पत्रपत्रिकालाई जोगाउन सरकारको मुख्य भूमिका हुनुपर्नेमा जोडदिनुभयो ।
शुभकामना दिने क्रममा टानका पुर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका कार्यसमिति सदस्य खुम बहादुर सुवेदीले व्यासायिका समस्या निक्कै विकाराल छन् । यसको समस्याको सावधान सरकारी पक्षबाट हुनुपर्ने र पर्यटनलाई प्रथामिकता दिएर नेपालको अर्थतन्त्र सुधार्न सकिने बताउनु भयो ।
कार्यक्रममा वित्तिय, साहित्य, लोकगीत, मोडल, पत्रकारिता, समाजसेवी, बहुआयामिक प्रतिभा गरी १५ विद्याका व्यक्तित्वहरुलाई सम्मान तथा ‘कति राम्रो रामेछापको सिन’ गीतमा अभिनय गर्ने कलाकार, गायक, गायिका, संगीतकार, सुसेली तीज गीतमा भाग लिएका सुसेली साहित्यकारहरुलाई कदर—पत्र र विशिष्ट अतिथि, विशेष अतिथि तथा अतिथिहरुलाई मायको चिनोले सम्मानित गरिएको थियो ।
The post मैले पनि ३३ वर्ष समाजसेवा गरेको कारण धेरै अवार्डहरु पाएँ तर नेपाल सरकारले दिने अवार्ड कहिल्यै पाईन : उपसभामुख ईन्दिरा रानामगर appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3qw1lVH via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

