भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । ४ दलीय समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ।
मोर्चा गठन भएपछि पहिलो पटक एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको पहिलो बैठकले मोर्चाको चाँडै नै सातै प्रदेशमा कार्यक्रम गर्ने भएको हो।
बैठकले हरेक ६ महिनामा मोर्चाको अध्यक्ष परिवर्तन गर्ने निर्णय गरेको छ।
यस्तै, बैठकमा मोर्चाको आगामी नीति र आचारसंहिता निर्माणका लागि चार सदस्यीय कार्यदल गठनपनि गरेको छ।
कार्यदलमा एकीकृत समाजवादीका उपाध्यक्ष रमेश हमाल, माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र नेकपा खड्गबहादुर विश्वकर्मा सदस्य रहेका छन्।
अध्यक्षको औपचारिक निर्णय नहुँदासम्म मोर्चाको बैठकको अध्यक्षता माधवकुमार नेपालले गर्ने भएका छन्।
The post समाजवादी मोर्चा : ६/६ महिनामा अध्यक्ष परिवर्तन, सातै प्रदेशमा कार्यक्रम appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43hLXJT via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

