भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं,पश्चिम क्षेत्रको आयोजनामा बैठक तथा कोष ब्यवस्थापन सम्बन्धि एकदिने आधारभुत तालिम सम्पन्न भएको छ ।
बैठक तथा कोष ब्यवस्थापन सम्बन्धि एकदिने आधारभुत तालिमको प्रमुख अतिथिमा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ , बिशेष अतिथिमा महासंघका प्रथम उपाध्यक्ष केदार अधिकारी, महासचिव विवेकदास श्रेष्ठ , काठमाडौं जिल्लाका अध्यक्ष सुनिलकुमार अमात्य ,अतिथिहरुमा काठमाडौं जिल्लाका महासचिव पशुपति श्रेष्ठ , काठमाडौं पुर्वी क्षेत्रका अध्यक्ष बिष्ण्ुकुमार श्रेष्ठ रहेका थिए ।
कार्यक्रमको सभापतित्व पश्चिमक्षेत्रका अध्यक्ष शैलेस ठकुरीले गरेका थिए भने कार्यक्रम सन्चालन पश्चिम क्षेत्रका सचिव राजेन्द्र कार्र्कीले गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य पश्चिम क्षेत्रका वरिष्ठ उपाध्यक्ष सालिकराम सुबेदीले राखेका थिए ।
कार्यक्रमका मुख्य प्र्शिक्षकको रुपमा रहेका मिडियाकर्मी नवीन “पल्लव” ले कोष तथा बैठक ब्यवस्थापन सम्बन्धि नितिगत तथा ब्यवहारीक शिक्षालाई संगठनको हितमा कसरी प्रभावकारी कार्यन्वयन गर्न र गराउन सकिन्छ भन्ने बारेमा कारब चार घण्टा लामो प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी संघ,काठमाडौ,पश्चिमक्षेत्र अन्तर्गतका पाँचवटा एरिया समितिका सचिव र कोषाध्यक्षहरुको उपस्थिति रहेको थियो भने आयोजकको रुपमा पश्चिम क्षेत्रिय समितिको पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं र ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले साथ र सहयोग गरे ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्रिय कार्यालयले आम ब्यवसायीहरुको हक हित र संगठनलाई चलायमान बनाउन आफु सक्षम रहेको पश्चिमक्षेत्रका अध्यक्ष शैलेस ठकुरीले बताएका छन् ।
आज ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिमक्षेत्रिय कार्यालयले आयोजना गरेको बैठक तथा कोष ब्यवस्थापन सम्बन्धि एकदिने आधारभुत तालिममा मन्तब्य राख्ने क्रममा अध्यक्ष शैलेस ठकुरीले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले यस्ता कार्यक्रमहरुले आम ब्यवसायीहरुको मनोवल उच्च बनाई संगठन प्रतिको जिम्बेवारी बहनगर्ने क्षमता बिकास गर्ने भन्दै कार्यक्रम आयोजना गर्ने पश्चिमक्षेत्रिय समिति परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।
काठमाडौं जिल्लका अध्यक्ष सुनिलकुमार अमात्यले राम्रो कामकोलागि काठमाडौं जिल्ला सदैव सहयोग गर्न तयार रहेको बताएका थिए ।
कार्यक्रममा ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष तथा कानुन ब्यवसायी केदार अधिकारीले संगठन र ब्यवसाय भित्र हुन सक्ने कानुनी जटीलता र त्यसको निराकरणको बिधि बारे सैदान्तिक अवधारणा राख्नु भएको थियो ।
सहभागिको तर्फबाट पश्चिमक्षेत्रका कोषाध्यक्ष रामचन्द्र नगरकोटी र उपाध्यक्ष निरेश महर्जनले मन्तब्य राख्दै सिकेका ज्ञानहरुलाई ब्यवहारमा लागु गर्न सकेमात्र यस्ता कार्यक्रमहरुको महत्व बढ्ने र अझै धेरै सिक्न बाँकी रहेको बताएका थिए ।
यो कार्यक्रमको संयोजन तथा ब्यवस्थापन गर्ने जिम्मा सोसल मिडिया एण्ड लिगल सर्भिसले गरेको थियो ।
कार्यक्रमको प्रयोजन तथा सहयोगिको रुपमा गणपति नमोः सप्लायर्स ,किर्तिपुर , बोलबम हार्डवेयर प्रा.लि.,आर. जे. ट्रेडर्स लगायत बिभिन्न ब्यवसायीक संस्थाहरु रहेका थिए ।
कार्यक्रमको मिडिया सपोर्टरको रुपमा साराखवर डटकम,संवाददाता डटकम, राष्ट्रिय खवर डटकम र शान्तिनेपाल मिडिया हाउस रहेका थिए ।
The post ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं,पश्चिम क्षेत्रको आयोजनामा बैठक तथा कोष ब्यवस्थापन सम्बन्धि एकदिने आधारभुत तालिम सम्पन्न appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/44yuE8d via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

