Loading...
Loading...
इप्पानले गठन गर्यो विज्ञ सल्लाहकार समिति गठन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले विज्ञ सल्लाहकार समिति गठन गरेको छ ।
इप्पानले  ऊर्जा क्षेत्रमा विशेष योगदान दिएका अग्रज ऊर्जा उद्यमी, ऊर्जा विज्ञ लगायतका व्यक्तिहरुलाई समितिमा मनोनयन गरेको छ ।

समितिमा डा.शंकर कोइराला, डा.सुवर्णदास श्रेष्ठ, डा. सन्दिप शाह, डा.आत्माराम घिमिरे, डा. कृष्ण प्रसाद दुलाल, ज्ञानेन्द्रलाल प्रधान, उदय नेपाली श्रेष्ठ, अरुण सुवेदी, हरिप्रसाद पाण्डे, मोतिलाल दुगड, सुमन शर्मा, प्रदिप कुमार श्रेष्ठ, कुशकुमार जोशी र कृष्णप्रसाद भण्डारी मनोनित भएका छन् ।

इप्पानको विधानमा आवश्यकता अनुसार विभिन्न समितिहरु गठन गर्न सक्ने व्यवस्था रहेको छ । विधानको सोही व्यवस्था बमोजिम विज्ञ सल्लाहकारहरुको समिति गठन गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।

इप्पान विधानमा भएको व्यवस्था बमोजिम यस अघि २९ सदस्यीय सल्लाहकार समिति र अहिले विज्ञ सल्लाहकार समिति गठन गरिएको इप्पानका अध्यक्ष कार्कीले जानकारी दिए ।

गत असार १ गते बसेको कार्यसमितिको १७१औं बैठकले सल्लाहकार र विज्ञ सल्लाहकार मनोनयन गर्ने सम्बन्धी अख्तियारी अध्यक्ष कार्कीलाई दिएको थियो ।

सोही निर्णयका आधारमा अध्यक्ष कार्कीले विज्ञ सल्लाहकार मनोनयन गरेका हुन् । कार्यमसितिले विज्ञ सल्लाहकारहरुबाट आवश्यक परामर्श लिन सक्ने बताइएको छ ।

The post इप्पानले गठन गर्यो विज्ञ सल्लाहकार समिति गठन appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/43Nz8HD via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.