भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ। उनीहरुबीचको भेटवार्तामा गृहमन्त्रालय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल हुने बताइएको छ।
रबि लामिछानेलाई गृहमन्त्रालयमा गैरसांसद्मा नियुक्ति गर्न प्रचण्डलाई केही दिनदेखि लगातार दबाब दिइरहेका अध्यक्ष ओलीको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
लामिछानेको नागरिकतासम्बन्धी अदालतको फैसलाको पूर्णपाठ नआउदाँसम्म गृहमन्त्रीमा कसैलाई नियुक्त नगर्ने बताइरहेका प्रधानमन्त्री प्रचण्ड लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेबाहेक अन्य सांसदलाई पनि गृहमन्त्री बनाउने मुडमा छैनन्।
यस्तै राष्ट्रपति निर्वाचनमा पनि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अभिव्यक्ति दिइरहँदा एमाले अध्यक्ष ओली भने पहिलादेखि नै केही रुष्ट बन्दै आएका थिए।
पूर्व शर्तअनुरुप एमालेबाट नै राष्ट्रपति पाउनुपर्ने धारणा राखिरहेको एमाले यतिबेला आफ्नै सत्तासाझेदार प्रधानमन्त्रीको दल माओवादीका निर्णयहरुबाट झस्किएको छ ।
ओलीको ठूलो दबाब हुँदापनि लामिछानेलाई गृहमन्त्रीमा नियुक्त नगरेको र राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमती खोज्ने बताइरहेका प्रचण्डमाथि ओलीको अविश्वास सुरु भएको छ । कांग्रेसको सहयोग रहेको र ओलीले असहयोग गरे कांग्रेसबाट राष्ट्रपति बनाएर सरकार चलाउने प्रचण्डको योजना छ ।
The post प्रधानमन्त्री प्रचण्डसँग ओलीको निर्णायक भेटवार्ता हुँदै, केन्द्रविन्दुमा गृह मन्त्रालय र राष्ट्रपति निर्वाचन appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3XWAiOS via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

