Loading...
Loading...
मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक अनावरण गरेका छन् ।

विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्का प्रधानमन्त्री स्वर्गीय भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी काठमाडौँ ल्याउने परिकल्पना गरेका थिए। सन्त नेता भट्टराईले देखेको सपना राजधानीवासीले मेलम्चीको पानी पाएसँगै साकार भएको भन्दै खानेपानी मन्त्रालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा उहाँको पूर्णकदको सालिक निर्माण गरेको हो ।

शालिक अनावरण कार्यक्रममा प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको बताए । विसं २०७७ मै मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण सुरु भएकामा २०७८ असार १ गतेको बाढीले पु¥याएको क्षतिका कारण बन्द भएको पानी वितरण पुनःसुरु भएको उनले बताए ।

अब काठमाडौंँ उपत्यकावासीलाई सधैँ पानी वितरण गर्नसक्नेगरी आवश्यक तयारी गरिने प्रधानमन्त्री देउवाले बताए । “राजधानीवासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकामा खुसी लागेको छ, खानेपानी र सरसफाइ महत्वपूर्ण भएकाले संविधानको मौलिक हकअन्तर्गत धारा ३५ को उपधारा ४ मा हक स्थापित गरिएको छ, त्यसअनुसार सबै नेपालीलाई स्वच्छ खानेपानी खुवाउन सरकार लागिपरेको छ, वर्षभर राजधानीवासीलाई मेलम्चीको पानी खुवाउन के गर्न सकिन्छ भनेर सरकारले अध्ययन गरिरहेको छ”, उनले भने ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने स्थानीयवासीसँग शुल्क उठाएको भनी जनप्रतिनिधिले गरेको गुनासो सम्बोधनका लागि आजै निर्देशन दिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता थियो । वडा नं १ का चार वटा गाउँ निकुञ्जभित्र छ । ती गाउँमा जाने स्थानीयवासी, आफन्तसँग निकुञ्ज कार्यालय शुल्क लिँदै आएको छ ।

The post मेलम्चीमा पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिक appeared first on rastriyakhabar.com.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3W8yTnk via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.