भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । घुम्दै फिर्दै रुम्जाटार भनेजस्तो भएको छ डा. बाबुराम भट्टराईलाई । उनी माओवादीमा १० वर्षे जनयुद्धको नेतृत्वकर्तामध्येको एक भएर सोही पार्टीबाट प्रधानमन्त्री पनि बनेका थिए । पछि माओवादी छाडे । कम्युनिस्ट सिद्धान्त नै त्यागे । राजनीतिले उनलाई यस्तो मोडमा ल्याइदिएको छ कि फेरि माओवादी नै बन्नुपर्ने वाध्यता आइपरेको छ ।
बाबुराम माओवादीसँग मिलेर एउटै घोषणा पत्र र एउटै चुनाव चिन्हमा जाने सहमति बनाउन सफल भएका छन् । चुनाव चिन्ह के हुने स्पष्ट नभएपनि प्रचण्डले जे रोज्छन् त्यसैमा उनी सहमत हुनेछन् ।
नयाँ शक्ति स्थापना गरेका बाबुरामले पछि संघीय समाजवादी पार्टीसँग एकता गरे । त्यसपछि तत्कालीन राष्ट्रिय जनता पार्टीसँग एकता भएपछि जसपा बन्यो । उनले जसपा छाडेर समाजवादी पार्टी दर्ता गरे । सत्ता गठबन्धनभित्र नअटाउने अवस्था बनेपछि छटपटीमा परे । त्यसपछि उनी प्रचण्डसँगै हात मिलाउने अवस्थामा पुगे ।
कम्युनिस्ट सिद्धान्त त्यागिसकेका बाबुरामका लागि फेरि फर्किएको सन्देश जाँदा आलोचित हुनुपर्ने भएकाले उनले एउटै चुनाव चिन्ह र घोषणापत्रमा मात्र समझदारी बनाएका छन् । वास्तवमा उनी फेरि प्रचण्डसँग सम्झौता गर्ने अवस्थामा पुगेका हुन् ।
The post प्रचण्ड-बाबुराम फेरि एकै ठाउँ,एउटै चुनाव चिन्हमा जाने सहमति appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PmZAR6 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

