भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले सरकारविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेका छन्।
सरकारले ‘राष्ट्रघाती’ एमसीसी सम्झौता पारित गरेको, नेपाल कम्युनिस्ट पार्टीसँग भएको ३ बुँदे सहमति उल्लंघन गरेको, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलगायतका नेतारकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा चार कम्युनिस्ट पार्टीले संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।
विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले प्रेस विज्ञप्ति जारी गरेर संयुक्त आन्दोलनको घोषणा गरेका हुन्।
चार पार्टीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिअनुसार भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालयबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउने, भदौ ४ काठमाडौंसहित गते देशव्यापी विरोध सभा गर्ने, भदौ ६ गते देशव्यापी मसाल जुलुस र भदौ ७ गते नेपाल बन्द गर्ने जारी विज्ञप्ति उल्लेख गरिएको छ।
The post चार कम्युनिस्ट पार्टीद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3PlRoR8 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

