भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तत्काल पार्टी एकता नगरेपनि घोषणापत्र एउटै बनाउने सहमति गरिसकेका छन् । उनीहरुबीच चुनाव चिन्ह पनि एउटै बनाएर जाने भद्र सहमति भएको बुझिएको छ ।
नेपाली काँग्रेससँग सिट बाँडफाँटको टुंगो नलागेसम्म प्रचण्ड र माधव नेपालले पार्टी एकता वा एउटै चुनाव चिन्हको घोषणा गर्ने छैनन् । यसको कारण हो सिट बाँडफाँटमा काँग्रेसले दुई दललाई घटाइदिने सम्भावना ।
सिट बाँडफाँटको टुंगो लाग्नेवित्तिकै प्रचण्ड र माधव नेपालले चुनाव चिन्हमा पनि टुंगो लगाउने गरी रणनीति बनाएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार कलम चिन्हमा माओवादी र एसका उम्मेदवारहरु चुनाव लड्ने सम्भावना देखिएको छ ।
गठबन्धनमा माओवादीले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५० र एसले ३० सिटको दाबी गरिरहेको छ । माओवादी ४५ र एस २५ सिटमा सहमति गरेर चुनावमा जाने रणनीतिका साथ प्रस्तुत भएका छन् ।
The post एउटै चुनाव चिन्ह लिएर जाने प्रचण्ड र माधव appeared first on rastriyakhabar.com.
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर Archives - rastriyakhabar.com https://bit.ly/3QMIiyc via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

