भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं। नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालले आगामी फागुन ७ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा तयार गरिएको छ भने तयारी बैठक भइरहेका संगठनले जनाएको छ।
सम्मेलन तयारी समितिले सम्मेलनमा सहभागी प्रतिनिधिको सूची तयार गरिरहेको छ । तोकिएको समयमा सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न सम्बन्धित पक्षसँग सुझाव संकलन, बैठक, परामर्श गरिरहेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए।
महासचिव भूपराज खड्काको संयोजकत्वमा विधानको मस्यौदा तयार भएको छ । १० परिच्छेदका साथै पाँच अनुसूची भएको मस्यौदा सम्बन्धित पक्षका साथै विज्ञसँग व्यापक रुपमा छलफलका लागि पठाइएको छ।
देशभर रहेका मातहतका संगठनमार्फत विधानको मस्यौदा सबै प्रदेश तथा जिल्ला समितिमा छलफलका लागि प्रेषित गरिएको छ।
यही माघ २२ गतेभित्र सुझाव पठाउन समय सीमा तोकिएको छ। विस्तृत छलफल तथा अध्ययनपछि प्राप्त हुने सुझावलाई समेटेर मस्यौदा परिमार्जित गरी राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरी छलफलसहित पारित गरिनेछ।
संगठनले १५ सदस्यीय सचिवालय, विभागलाई हालै पूर्णता दिएको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3KYp8CU via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

