Loading...
Loading...
ओलीकै भयो जित! स्थानिय तहको निर्वाचनवारे गठबन्धनले गरे यस्तो निर्णय
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौ । निर्वाचन आयोगको प्रस्ताव अनुसार नै गठबन्धन दलहरु स्थानिय तहको निर्वाचन समयमै गर्ने निर्णयमा पुगेका छन् । निर्वाचन आयोगले बैशाखमा स्थानिय तहको निर्वाचन गर्न प्रस्ताव गरेको छ । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनले आगामी २०७९ जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गरिसक्ने गरि प्रक्रिया अघि बढाउने निर्णयमा पुगेका हुन् ।

शनिवार पटक पटक गरिएको गठबन्धनको बैठक पछि यस्तो निष्कर्षमा दलहरु पुगेका हुन् । आगामी जेठभित्रै स्थानीय तह निर्वाचन गर्ने गरी संविधानसँग बाझिएका कानुन संशोधन गर्न पनि गठबन्धनले सुझाव दिने निर्णय गरेको छ। शनिबार दोस्रो पटक बसेको सत्ता संयन्त्र र कानुनविदसहितको बैठकपछि सञ्चारकर्मीसँग बालुवाटारमा कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसबारे जानकारी दिएका हुन्।

नेकपा एमालेले पनि स्थानिय तहको निर्वाचन गर्न सरकारलाई दवाव दिएको थियो । गठबन्धन दलका नेपाली कांग्रेस वाहेक अन्य दलहरु एकै पटक निर्वाचन गराउनुपर्ने पक्षमा थिए । तर आगामी जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न गर्ने गरी आवश्यक तयारी थाल्न सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले बताए । उनका अनुसार त्यसका लागि आवश्यक संविधान र कानुन संशोधनसहितका प्रक्रिया पनि अघि बढाउन सरकारलाई संयन्त्रले पनि सुझाव दिनेछ।

निर्वाचन मिति तोक्नका लागि सरकार र गठबन्धनले निर्वाचन आयोगसँग आवश्यक परामर्श गर्ने पनि कार्कीले जानकारी दिएका छन्। निर्वाचन मिति तोक्न सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी थाल्न गठबन्धन बैठकले सुझाव दिएको ।

आगामी वैशाख(जेठभित्र स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धनमाथि दबाब बढिरहेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री देउवालाई स्थानिय तहको निर्वाचनको मिति तोक्न भन्दै आएका थिए । उनले सुरुमा स्थानिय तहको निर्वाचन गर्नुपर्ने भन्दै आएका थिए । निर्वाचन आयोगले मिति घोषणाका लागि तीन पटकसम्म सरकारलाई ताकेता गरेको थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे पत्र पठाएर निर्वाचन सार्ने नाममा गरी संविधान र कानुन संशोधन निराशाजनक हुने बताएकी थिइन्। शनिबार बिहान बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन मिति नसारी वैशाख(जेठमै गर्ने जनाउ गठबन्धनका नेताहरुलाई दिएका थिए।

सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले स्थानीय निर्वाचन आगामी असोज या मंसिरमा गर्न सकिने बताउँदै आएका थिए।
उनीहरुले तीनै तहको निर्वाचन एकैसाथ गर्नुपर्ने प्रस्ताव पनि गठबन्धन बैठकमा गरेका थिए। तर स्थानीय निर्वाचन सार्ने उनीहरुको प्रस्तावलाई लिएर चर्को आलोचना भइरहेको छ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/34ndqRH via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.