Loading...
Loading...
स्थायी कमिटीको बैठकमा रावलको ‘ब्रिफिङ्ग’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक आइतवार राति छोटो समय बसेर सकिएको छ । बैठकमा एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे प्रस्तावका बारेमा सामान्य चर्चा गरेका थिए ।

बैठक भोलि पुनः बस्ने भएको छ । भोलिको बैठकमा उक्त प्रस्तावमाथि वरिष्ठ नेता नेपालले आफ्नो धारणा राख्ने बताइएको छ । त्यसो त नेता नेपालले यसअघि नै १० बुँदे प्रस्तावप्रति आपत्ति प्रकट गरिसकेका छन् ।

एमालेको विघटित कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले स्थायी समिति बैठक बोलाउन माग गरेपछि नेता नेपालले बैठक बोलाएका भएता पनि उनी आफैं कार्यव्यस्तताले बाहिरिएपछि बैठक टुङ्गिएको थियो ।

कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव पश्चात नेता नेपाल आफ्नै पंक्तिमा पनि एक्लिएका थिए । आफू पक्षका नेताहरु एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा ओलीका कित्तामा उभिन थालेपछि नेता नेपाल अप्ठ्यारोमा परेका थिए ।

अध्यक्ष ओलीको सरकार र पार्टी सञ्चालनमा देखिएका कमजोरीहरु सच्याउन पार्टी र सरकार मध्ये एउटा पद त्याग गर्नुपर्ने अडानमा रहेका नेपाल सो कुरा १० बुँदे प्रस्तावमा नसमेटिँदा रुष्ट बनेका थिए । यसमा उनले ‘आफ्नै भन्नेहरु’ बाट धोकाको महशुस गरेका थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zzkPYd via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.