भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान र परिवर्तन मन नपराउने देशभित्रका र बाहिरका शक्तिहरुले चलखेल गरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार सभामुख अग्नि सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकपछि राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्षसमेत रहेका भट्टराईले देशको संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको संकेत गरेका हुन् ।
‘यो सरकारले चुनाव घोषणा गरेको छ । ६ महिनामा चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव घोषणा गरेको सरकारले पटक–पटक मन्त्रिपरिषद पुनर्गठन गर्ने, अध्यादेश जारी गर्नेजस्ता असंवैधानिक काम गरिरहेको छ ।’ उनले भने, ‘चुनाव नभएपछि संविधान फेल हुन्छ । संविधान नभएपछि जुन भ्याकुम पैदा हुन्छ । अनि त्यसमा खेलेर अन्ततः व्यवस्था असफल भयो भन्ने ग्राण्ड डिजाइन हो ।’
उनले सर्वोच्चले संसद पुनः स्थापना गरिदियो भने सबै भन्दा उपयुक्त निकास हुने बताए । भट्टराईले भने, ‘यदि प्रतिगामी शक्तिले षड्यन्त्र गरेर संसद पुनःस्थापना भएन भने जनता सर्तक हुनुपर्छ ।’
सभामुखले दलहरुसँग गरेको छलफलको पहल सही भएको उनको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wujmBD via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

