Loading...
Loading...
सरकार परिवर्तन गर्ने अवस्था आएको छैन : देउवा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाली कांग्रेसको सभापति शेर बहादुर देउवाले अहिले सरकार परिवर्तन गर्ने अवस्था नआएको बताएका छन् । देउवाले आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर सरकार परिवर्तन गर्ने अवस्था नआएको बताएका हुन् ।

उनले माओवादी र कांग्रेसको मात्र गणपुरक संख्या नपुग्ने र जसपाले ओली सरकारलाई साथ दिने अवस्था भएकाले अहिले सरकारको विकल्पमा जाने अवस्था नभएको बताए ।

तर, यो विषयमा छलफल भइरहेको उनकाे भनाइ छ । जसपाले नयाँ सरकार गठन गर्ने सहमति गरेको अवस्थामा यो सरकार ढल्ने र अर्को सरकार बनाउने उनले बताए ।

अहिले कोरोना संक्रमण दर बढिरहेको बेलामा सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको देउवाले बताएका छन् । उनले कोरोना संक्रमणको यो संकटमा सरकार गम्भीर भएर नलागेको बताए । उनले कांग्रेसले जनचेतनाको कार्यक्रम सञ्चालन गर्ने पनि जनाकारी दिए ।

सरकार गैर जिम्मेवार हुँदा अहिले निषेधाज्ञा तथा लकडाउन गर्नुपर्ने अवस्था आएको उनकाे भनाइ थियाे । उनले निषेधाज्ञा गर्ने भनेर लाखौं नागरिकलाई दुःख दिएको बताए ।

अहिले धेरै कम मानिसकाे कोरोना परीक्षण गर्दापनि धेरै मात्रामा संक्रमण देखिएको भन्दै तत्काल कन्ट्याक ट्रेसिङ गरेर आमरुपमा नागरिकको स्वास्थ्य परीक्षण गर्न उनले माग गरेका छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3aVm0aJ via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.