Loading...
Loading...
ओलीले डाके नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक, नेपाल पक्ष नजाने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक सकेर केन्द्रीय कमिटीको बैठक बस्ने गरी गृहकार्य अघि बढाएका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद शेरबहादुर तामाङले आज संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्ने बताएका हुन । यसअघि बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आजको बैठक पनि बहिष्कार गर्ने बताइसकेका छन् ।

शुक्रबार राति बानेश्वरमा बसेको माधाव नेपाल समूहको स्थायी कमिटी बैठकले बैठक बहिष्कार गर्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले बताए । विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय भएको उनले बताए ।

रावलले बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिए बैठकमा सहभागी हुन सकिने बताए ।

यता उपाध्यक्ष वामदेव गौतमले भने संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठकमा सहभागी हुने जनाएका छन् । अखिल नेपाल किसान महासंघको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा सहभागी हुने बताएका थिए ।

तर, उपाध्यक्ष गौतम फाुगन २८ मा ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय खारेज गर्नुपर्नेमा अडिग छन । दुवै बैठकमा आफ्नो माग अघि सार्ने योजनामा रहेका उपाध्यक्ष गौतम, माग उपर सुनुवाई नभए बैठक बहिष्कार गर्ने उनको सचिवालयले जनाएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3faJZpp via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.