Loading...
Loading...
सामान्य रोजगारीको लागि नेपाली श्रमिक विदेशीने अवस्थाको अन्त्य गरिनुपर्छ – कमल थापा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रोजगारीको लागि प्रचुर सम्भावना भएको नेपालबाट समान्य राेजगारिकाे लागि अरबको खाडी र मलेसियाको जंगलमा श्रमिकहरु निर्यात गर्ने अवस्थाको अन्त्य गर्न देशमा उद्योग, कलकारखानाहरु खोल्नेतर्फ राज्यले दिर्घकालिन नीति ल्याएर कार्य सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।
राप्रपा निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले तत्कालिन समयमा नाफामा चलिरहेका ठूला उद्योगहरुलाई २०४६ पछि निजिकरणका नाममा कौडीको मूल्यमा बिक्रि गरेर ठूलो भ्रष्टाचार गरी उद्योगधन्दा तहसनहस पार्दैं श्रमिकहरुलाई समेत विस्थापित बनाएको आरोप लगाउनुभयो । कम्युनिष्ट र कांग्रेसको अदुरदर्शी आर्थिक नीतिका कारण मुलुकलाई गम्भिर अवस्थामा पु¥याइएको दावी गर्दै थापाले कम्युनिष्ट र कांग्रेसको विकल्प भनेको एक मात्र पार्टी राप्रपा भएकोले राप्रपाले अंगिकार गरेका विचारलाई आम नेपालीको घरदैलोसम्म पु¥याएर पार्टीलाई अग्रणी शक्ति बनाउने अभियानमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।
स्थापनाको छोटो अवधिमा देशभर संगठन गरेर प्रथम महाधिवेशन गर्न सफल भएकोमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)लाई धन्यवाद दिंदै थापाले नेपाली श्रमिकहरुलाई रोजगारको लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्न टुकोनले अहम् भूमिका निर्वाह गर्न सकोस् भनी शुभकामना दिनुभएको थियो । पार्टीको अधिवेशनको मिति नजिकै आईसकेकोले अधिवेशनको तयारी द्रुत बनाउन सक्रिय सदस्यता वितरणलाई तोकिएकै समयमा सम्पन्न गर्न समेत थापाले सबै तहका कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
सम्बोधनकै क्रममा पूर्व प्रधानमन्त्री एवं राप्रपाका नेता लोकेन्द्र बहादुर चन्दले हिन्दुराष्ट्र र राजसंस्था नेपालको लागि अपरिहार्य भएकोले सोको पुनस्थापनाको लागि सबैदलहरुबीच छलफल चलाउनुपर्ने बताउँदै संगठित मात्र होईन असंगठित क्षेत्रका श्रमिकहरुलाई समेत समेटेर अगाडि बढ्न टुकोनलाई आग्रह गर्नुभएको थियो ।
ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा राप्रपाका वरिष्ठ नेता दिपक वोहरा, पार्टी नेता एवं नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा, राप्रपाका काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंह लगायत विभिन्न ट्रेड युनियनका प्रतिनिधीहरुले अधिवेशनको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3r8ite9 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.