Loading...
Loading...
प्रचण्डको प्रस्ताव ओलीद्वारा खारेज, प्रचण्डलाई झट्का
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धक्का लाग्ने गरेर प्रधानमन्त्री ओलीले जवाफ फर्काएका छन् ।

नेकपाको अध्यक्ष समेत रहेका ओलीले अहिलेको अवस्थामा सरकारभन्दा भिन्न अरू कुनै संयन्त्र आवश्यक नभएको बताए । ओलीको यो अभिव्यक्तिले प्रचण्डलाई झट्का लागेको छ ।

शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ संवाद गरेका ओलीले सरकारले प्रभावकारी ढंगले काम गरिरहेको बताएका छन् ।

‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रधानमन्त्रीले प्रष्ट पार्नुभयो’, प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘घरमा बसेर १५ दिनका बीचमा एक पटक निर्देशन दिने जस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पार्नुभयो ।’

‘प्रचण्ड’ले बिहीबार एउटा जिनी टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्रीकै संयोजकत्वमा प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका थिए । प्रचण्डको यो अभिव्यक्तिले प्रधानमन्त्री ओलीदेखि सत्तारुढ नेकपाभित्र तरंग ल्याइदिएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि त्यस्तो संयन्त्र चाहिने प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री ओलीले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारीरिक रूपमा तन्दुरूस्त र त्यसबापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए ।

लकडाउनमा प्रशासनिक लापरबाही हुनै भएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताको कायम गर्न परिपत्र जारी गरिने समेत उनले उल्लेख गरेको थापाले जानकारी दिएका छन् ।

‘उहाँले जनतालाई दुस्ख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनाको लागि आह्वान गर्नुभयो’, थापाले फेसबुकमा भनेका छन् ।

सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आफ्ना प्रदेशमा कोरोनाभाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयासबारे छलफल भएको थियो ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3b3Wr5b via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.