Loading...
Loading...
४ वर्षपछि ‘प्रेमगीत’को नयाँ कीर्तिमान
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१३ चैत, काठमाडौं । ४ वर्षअघि प्रदर्शन भएको चलचित्र ‘प्रेमगीत’ ले नयाँ कीर्तिमान कायम गरेको छ । चलचित्र युट्युबमा २ करोड भ्युज पाउने नेपालकै पहिलो फिल्म बनेका छन् । यसअघि कुनैपनि नेपाली चलचित्रले यतिधेरै युट्युब भ्युज पाएका थिएनन् । यद्यपि गीतहरुले भने यसअघि नै करोडौँ भ्यूज पाइरहेका छन् ।

२०७२ माघ २९ गते प्रदर्शनमा आएको चलचित्र युट्युबमा भने २०७३ असार ३ गते रिलिज भएको थियो । युट्युबमा रिलिज भएको ३ वर्षपछि चलचित्रले २ करोड भ्युज पाएको हो । चलचित्रको डिजिटल अधिकार किनेको ओएसआर डिजिटलले चलचित्र नेपालको पहिलो २ करोड भ्युज पुगेको चलचित्र भन्दै सामाजिक सञ्जालमा राखेका हो । उसो त चलचित्रकी नायिका पूजा शर्माले पनि २ करोड भ्युज पुगेको खुसी सामाजिक सञ्जालमार्फत साटेकी छन् । चलचित्र क्षेत्रमा पुजालाई ‘प्रेमगीत’ले दर्शकहरुले याद गर्ने नायिकाको रुपमा परिचित गराएको थियो ।

सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । आशुषेन फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको चलचित्रमार्फत नायक प्रदीप खड्काले नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका थिए । उनलाई पहिलो चलचित्रले नै नेपाली दर्शकहरुमाझ परिचित बनाएको थियो । चलचित्रले एकदमै राम्रो ब्यापार गरेको थियो । त्यसबेला निर्माता सन्तोष सेनले त्यसअघि ‘चंखे शंखे पंखे’बाट भएको नोक्सान पनि ‘प्रेमगीत’बाट उठाएको चलचित्र नगरीमा राम्रै चर्चा चलेको थियो ।

The post ४ वर्षपछि ‘प्रेमगीत’को नयाँ कीर्तिमान appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal https://bit.ly/2UBdfJY
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.