भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२३ फागुन, काठमाडौं । नायक पल शाह र पुजा शर्माको अभिनय रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अब प्रदर्शन नहुने भएको छ । कोरोना भाइरसका कारण धेरै मानिसहरुको हलमा भेला नहुन भनेपछि भाइरसका कारण कसैलाई असरन नगरोस् भन्ने उदेश्यले प्रदर्शन नगर्न लागिएको चलचित्र निर्माण कम्पनी सुदर्शन प्रोडक्सनले जनाएको छ ।
कम्पनीद्वारा जारी सूचनामा कोरोना भाइरसबाट जनजीवन प्रभावित गरेको बताउँदै नेपाल सरकार र चलचित्र निर्माता संघको अनुरोधलाई मध्यनजर गर्दै प्रदर्शन नगर्ने निर्ण गरेको हो । चलचित्रको पर्खाइ लामो हुन जाने भएपछि कम्पनीले दर्शकसँग क्षमा मागेको छ । साथै चलचित्र टीमले कोरोनाबाट सचेत रहन सम्पूर्णमा अनुरोध गरेको छ ।

यसअघि नेपाल सरकारले अनावश्यक कामको लागि घरबाहिर ननिस्कन, भिडभाडमा नजान र धेरै मानिस भेला हुने कार्यक्रम नगर्न अनुरोध गरेको छ । त्यसैगरी नेपाल चलचित्र निर्मँता संघले सम्भव भएसम्म सुटिङ रोक्नको लागि भन्दै सूचना जारी गरेको छ । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण अहिलेसम्म ३२ सय भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

The post पल र पुजाको फिल्म प्रदर्शन नहुने appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2TvwfKC
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

