भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

२९ फागुन, काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी फागुन १५ गते विवाह गरेका थिए । नायिका प्रियंकाले विवाह पछि आफ्नो थरमा देशराज श्रेष्ठ थपेकी छिन् । त्यस्तै आयुष्मानले पनि आफ्नो थरमा कार्की थपेका छन् । अब उनीहरुको नाममा ४ वटा थर भएको छ ।
बिहेपछि आफ्नो इन्टाग्राम अकाउन्टमा प्रियंकाले आयूष्मानको थर थपेकी थिइन् । त्यसलगत्तै आयूष्मानले पनि प्रियंकाको थर जोडेका हुन् । आयूष्मानको थर पहिल्यैबाट तीनवटा थिए । उनका बुवा जोशी हुन् भने आमा देशराज श्रेष्ठ लेख्ने गर्छिन् ।
आयूष्मानकी आमा रविनाका बुवा पञ्जाबी (देशराज) हुन् भने आमा नेपाली (श्रेष्ठ) हुन् । रविनाका बुवाले पनि आफ्नी पत्नीको थर जोडेर देशराज श्रेष्ठ लेख्ने गर्थे । आयूष्मानको नाममा ‘देशराज’ उनै मावली हजुरबाबाट ट्रान्सफर भएर आएको हो ।

रविनाका पूर्वपति चाहिँ जोशी हुन् । आयूष्मानले बुवा र आमा दुवैको थर प्रयोग गर्दै देशराज जोशी श्रेष्ठ लेख्ने गरेका थिए । अहिले प्रियंकाको कार्की थर पनि थप्नु परेपछि उनले सर्टकटमा लेख्न थालेका छन् । अहिले इन्स्टाग्राममा उनको नाम आयूष्मान डीएसके (देशराज, श्रेष्ठ, कार्की) जोशी छ । प्रियंकाले चाहिँ इन्स्टामा प्रियंका कार्की डीएस जोशी लेख्न थालेकी छन् ।
The post प्रियंका र आयुष्मानलाई थरको ‘भारी’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/3cSA3xa
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

