भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

५ फागुन, काठमाडौं । नेपालको पहिलो केमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ले आफ्नो चर्चालाई चुलाउँदै लगेको छ । पहिलो दुई साता खासै चर्चा नआएको यो शो त्यसपछि भने दर्शकहरुले पर्खेर हेर्ने शो बन्न सफल भएको छ ।
२० जना भन्दा बढी प्रतिस्पर्धीहरुले फिजिकल अडिसनमार्फत छानिएर शो अहिले शीर्ष ४ मा आइसकेको छ । शो टेलिभिजन मात्र नभएर युट्युबमा पनि ट्रेन्डिङमा आउन सफल हुन्छ । यसअघि शोका एक प्रतिस्पर्धी सुमन कोइरालाको प्रस्तुतिले देशमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुको समेत मन जितेको थियो । यस्तै शो का अन्य एपिसोडहरु पनि दर्शकले खुब मन पराएका छन् ।
गतसाता शीर्ष ५ मा रहेका खड्ग बहादुर पुनमगर, सुमन कार्की, सुमन कोइराला, विष्णुप्रसाद गौडेल र हिमेश पन्त रहेका थिए । उनीहरुमध्येबाट यो साता हिमेश पन्त आउट भएका छन् । कमेडी च्याम्पियनको टोली बिहीबार चलचित्र ‘लभ डायरिज’को प्रिमियर शोमा जाँदा त्यहाँ हिमेश पन्त थिएनन् । उनी बिरामी भएर नगएको कारण बताएका पनि खड्ग बहादुर पुन मगरले एक भिडियो अन्तर्वार्तामा ४ जनामात्र भएको कुरा खुस्काइहाले ।

एक भिडियो अन्तर्वार्ता मगरले भने, ‘चाहना त हामी ४ जना नै जित्नुपर्छ भन्ने हो ।’ मगरले यति भन्दैगर्दा सुमन काकीले उनलाई ढाक्ने प्रयास गरेर भनिहाले, ‘५ जना’ । सुमनले हिमेशको बारेमा लुकाउन खोज्दा उता प्रश्नकर्ताले सोधेको प्रश्न नै बिर्सिएका थिए । उनीहरु उक्त अन्तर्वार्तामा १ पटकमात्र नभई पटकपटक झुक्किएका छन् ।
हिमेसले आफ्नो च्याम्पियनमा आएर राम्रा प्रस्तुति दिँदादिँदै पनि उनी एक विवादमा आएका थिए । सीता मातालाई रक्सी खुवाउनुपर्ने कुरा आफ्नो कमेडीमा प्रस्तुत गरेपछि उनी विवादमा तानिएका थिए । विवादमा तानिएपछि उनले दिन प्रस्तुति र उनको शरीरको स्फूर्तिमा पनि कमी भएको देखिएको थियो ।
The post कमेडी च्याम्पियनबाट हिमेश पन्त आउट ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2HyoVXA
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

