भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

५ फागुन, एजेन्सी । नेपाली गायक दिवेश पोखरेल अमेरिकाको चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’को १८ औँ सिजनको शीर्ष २० मा पुगेका हुन् ।
दिवेशले आइतवार प्रसारण भएको अमेरिकन आइडलमा दिएको प्रस्तुतिले निर्णायकको मन जितेको थियो । युट्युब भिडियोमा कमेन्ट गर्दै कतिले त दिवेशलाई सन् २०२० को अमेरिकन आइडल विजेतासमेत भन्न थालिसकेका छन् ।
अमेरिकामा बस्दै आएका दिवेशले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् । उनले युट्युब प्लेटफर्ममा ‘अर्थर गन’को नाममा अङ्ग्रेजी र नेपाली गीत अपलोड गर्ने गरेका छन् । पप शैलीका गीत गाउन रुचाउने दिवेश अमेरिकन आइडलमा छानिएपछि उनको थप चर्चा चुलिएको हो ।

दिवेशले आइडलको परिचयात्मक भिडियोमा आफ्नो परिचय दिँदै स्टेज नाम ‘अर्थर गन’ भएको र नेपाल साँच्चिकै सुन्दर देश भएको बताएका थिए ।
गायक पोखरेलले न्यानो घर, समुन्द्र पारी, कर्णाली, मन, प्रलय ए, प्रलय बी लगायतका गीत गाएका छन् ।अमेरिकन आइडलको निर्णायकमा लुक ब्रायन, लाइनल रिची र केटी पेरी निर्णायकको भूमिकामा छन् । निर्णायकले दिवेशको खुलेर तारिफ गरेका थिए ।
The post ‘अमेरिकन आइडल’को टप २० मा नेपाली गायक appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2UTnxXD
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

