भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१ फागुन, काठमाडौं । ‘लुट्न सके लुट’को ब्यापक लोकप्रियता र विवादपछि गायक पशुपति शर्माले दोश्रो संस्करणको रुपमा ‘लुट्न सके लुट २’ लिएर आएका छन् । गीत पशुपति शर्माले आफ्नै युट्युब च्यालबाट सार्वजनिक गरेका छन् ।
आफ्नै स्वर, शब्दरचना तथा संगीतमा गायक शर्माले ‘जता नि चोर’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा केशब बाबुकको एरेञ्ज छ भने कुमार रानाको मिक्सिङ रहेको छ । गीतको भिडियोको काम (छायांकन र सम्पादन) दुर्गा पौडेलले गरेका छन् ।

गीतको भिडियोमा पशुपति शर्मासँगै घनश्याम रिजाल, युवराज भण्डारी, शंकर पन्त, प्रल्हादजंग मरासिनी, धु्रब शर्मा, कमल शर्मा, कृष्ण पौडेल देबेन्द्र ढुङ्गाना लगायतका कलाकारहरुको अभियन छ । भिडियोको पोस्ट पोस्ट प्रोडक्सनको काम एडभेन्चर इंटरनेटमेन्टले गरेको हो । हेरौँ भिडियोः
The post पशुपति शर्माले ल्याए ‘लुट्न सके लुट २’ (भिडियोसहित) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2vtL2vA
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

