Loading...
Loading...
नेहाका पूर्वप्रेमी भन्छन्, ‘मलाई भिलने बनाइयो, कसैले सत्य जान्नै चाहेन’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

६ फागुन, काठमाडौं । नेहा कक्कड र हिमांश कोहलीको ब्रेकअपपछि नेहा एकदमै दुःखी भएकी थिइन् । उनले आफूले गरिरहेको शो ‘इंडियन आइडल’मा पनि उक्त विषय लिएर खुब रोएकी थिइन् । उनले आफ्नो सामाजिक सञ्जालबाट पनि आफ्ना भनाइहरु अभिव्यक्त गरेकी थिइन् । सो समयमा हिमांश कोहली एकदमै चुपचाप थिए । अहिले भने हिमांशले नेहासँगको ब्रेकअपको विषयमा आफ्नो भावना बताएका छन् ।

बम्बे टाइम्ससँगको अन्तर्वार्तामा हिमांशले भनेका छन्, ‘मेरो तर्फबाट यो कुनै नराम्रो भएको थिएन । तर जब अनुमान लगाउन शुरु भयो तब कुरा खराब हुन थालेको हो । यो मेरो जीन्दगीको सबैभन्दा नराम्रो अवस्था थियो । अब सबैकुरा ठिक भइसकेको छ । तर एक समयमा सामाजिक सञ्जालमा ममाथि नचाहिँदो प्रश्नहरु उठाइरहिएको थियो ।’

‘कसैले पनि वास्तविक कुरा जान्न चाहिरहेका थिएन र म भिलेन बनेँ । यो मेरोलागि एकदमै दुःखद कुरा थियो । मैले केही पनि भनेको थिइन र नेहाले जे भन्यो त्यसकै हिसाबमा मानिसहरु आ–आफ्नो निष्कर्ष निकालिरहेका थिए,’ उनले थपे, ‘उ टिभी शोमा रुन थालेपछि सबैले विश्वास गरेर मलाई आरोप लगाए । म पनि रुन चाहान्थेँ, आखिर हामी सबै मानिस नै हौँ ।’

कुनै समय आफूले सामाजिक सञ्जालमा केही लेख्न चाहेर पनि लेख्न नसकेको बताउँदै हिमांशले केही समय पर्खनेबारेमा सोचेको स्पस्ट पारे । उनले भनेका छन्, ‘शोमा रोएर उसले सावित गर्न खोजेको कुराले म एकदमै दुखी भएको थिएँ तर पनि उसले मेरोबारेमा यस्तो किन गरिन भनेर मैले कहिल्यैपनि सोधिन ।’

हिमांशले ब्रेकअपको कारण नखुलाए पनि नेहासँग सहमतिमै ब्रेकअप भएको बताएका छन् । उनले भने, ‘हामी सहमतिमै छुट्टीएका हौँ, उसले मुभ अन गर्ने निर्णक्ष् गरिन् । म उनको इज्जत गर्छु । तर समय बदलियो । उ हरेक समय सामाजिक सञ्जालम केही न केही लेखिरहेकी हुन्थिन् । उनको लेखाईको सजाय मैले भोगेँ ।’

The post नेहाका पूर्वप्रेमी भन्छन्, ‘मलाई भिलने बनाइयो, कसैले सत्य जान्नै चाहेन’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/324H9cN
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.