Loading...
Loading...
आस्थाको पक्षमा संसद्‍मा कोमल ओलीको ४ मिनेट
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१४ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल ओलीले आस्था राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकी छन् । उनले संसाद्‍मा आस्थाको पक्षमा ४ मिनेट आफ्ना तर्क राखिन् ।

अनुसन्धानका आधारमा थुन्ने अधिकार भएपनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भीर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै उनले राउतको मुद्धामा यस्तो अवस्था नभएपनि थुनामा राख्नु गलत भएको बताइन् । उनले भनिन्, ‘एउटा समान्य भनाभन भएको घटनालाई लिएर काठमाडौंका सिडिओका आदेशमा प्रहरीले एकजना चर्चित गायिका आस्था राउतलाई पक्राउ गरेको छ र ४ दिन थुनामा राखेर अनुसन्धान गर्ने भएको छ ।’

‘अनुसन्धानको सिलसिलामा थुन्न सक्ने अधिकार भएता पनि सबै मुद्दामा एफआइआर पर्नासाथ थुन्नैपर्छ भन्ने छैन । हाजिरमा फेरि आउने वा उपस्थित गराउन सकिन्थ्यो तर प्रशासन कार्यालय थुन्ने आदेश दिनु गलत हो’, उनले भपिन् ।

‘कानुनको मिसयुज भएको छ । फौजदारी अभियोगमा माफी पाएर उन्मुक्ती पाउनुपर्छ भन्ने हुँदैन तर उसले गैरकानुनी काम गरेको छ की छैन भन्ने मुख्य रुपमा हेर्नुपर्छ । आस्थाले कानुनको निषेध गरेको छ वा छैन भन्ने हेरिनुपर्छ । सामान्य भनाभन भएको छ, गालीगलौज गरेको पनि छैन, अपशब्द पनि प्रयोग गरेको छैन, बातचीतको क्रममा ठूलो स्वर गरेको होला तर कानुनले जे–जे गर्नुहुन्न भनेको छ त्यो गरेको देखिँदैन त्यो अवस्थामा थुनामै राख्नुपर्ने अवस्था देखिएको छैन्’, वलीले भनिन् ।

‘सोधपुछ गर्न तारिखमा राखेरै भएपनि हुनसक्थ्यो । तर भित्रै थुन्नासाथ बदनियत राखिएको स्पस्ट हुन्छ । स्वतन्त्र रुपमा बयान नहुन सक्छ । सिडिओले थुन्ने आदेश दिँदा पनि तत्कालीन प्रमाणबाट कसुरदार हो भन्ने देखिनुपर्छ । त्यसैले पहिले सुन्ने अनि थुन्ने हो । भागेर जाने अवस्था नरहेको अवस्थामा पनि थुनेर प्रहरीले शक्तिको दुरुपयोग गरेको छ । आस्थालाई थुनामा राख्नु फौजदारी न्यायको मुल मर्मविपरित छ’, सांसद् ओलीले भनिन् ।

माघ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिका टर्मिनलबाट भद्रपुर जान लागेकी आस्थाले प्रहरी चेकिङको क्रममा प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै भद्रपुर विमान झरेपछि फेसबुकमा लाइभ गर्दै प्रहरीलाई अपशब्द प्रयोग गर्दै गाली गरेकी थिइन् । उनी कार्यक्रमको लागि दार्जिलिङ र सिक्किम गएकी थिइन् । त्यहाँबाट उनी आइतबार काठमाडौं आएकी थिइन् । सोमबार बिहान ८ बजे आस्था आफ्नो बुवासँग महानगरी प्रहरी परिसर टेकु पुगेकी थिइन् ।

The post आस्थाको पक्षमा संसद्‍मा कोमल ओलीको ४ मिनेट appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2O2qy3l
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.