Loading...
Loading...
‘छपाक’ हेरेपछि यस्तो छ समिक्षकको पहिलो प्रतिक्रिया
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

२४ पुस, एजेन्सी । बलिउड नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहेको चलचित्र छपाकको बारेमा समिक्षकको कडा भनाइ सार्वजनिक भएको छ । युएईको दुबई बसेर बलिउड चलचित्रलाई समिक्षा गर्दै आएका समिक्षक कमला रसिद खान यानिकी केआरकेले फिल्मको बारेमा पहिलो प्रतिक्रिया दिएका छन् । दुबईमा बलिउड फिल्म भारतमा भन्दा एकदिन अगाडि नै रिलिज हुन्छ ।

केआरकेले चलचित्र सामान्य दर्शकहरुको लागि नभएको बताएका छन् । उनले छपाकलाई शिक्षित मानिसहरुको लागि बनेको शिक्षाप्रदान चलचित्र भनेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘फिल्म छपाकको रिपोर्ट बाहिरियो । यो फिल्म मल्टिप्लेक्सका उच्च शिक्षित दर्शकहरुको लागि हो । फिल्मको सामन्य दर्शकसँग कुनै लिनुदिनु नै छैन, किनकी यो फिल्म मनोरञ्जनात्मक छैन । यसको मतलब यसले धेरै अवार्डहरु हात पार्छ तर बक्स अफिसमा धेरै पैसा कमाउन भने गाह्रो छ ।’

वास्तविक घटनामा आधारित फिल्म ‘छपाक’लाई मेघना गुलजारले निर्देशन गरेकी छन् । फिल्ममार्फत नायिका दीपिका पादुकोणले निर्माताको रुपमा चलचित्र उद्योगमा हात हालेकी छन् । फिल्ममा दीपिकाको समाथमा विक्रान्त मेस्सी लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्मले एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको कहानी समेटेको छ ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2sSxOb0
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.