भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

अमेरिकाको लस एन्जल्डको स्टेपल्स सेन्टरमा अमेरिकाका ‘लेजेन्ड’ बास्केटबल खेलाडी कोबे ब्रायन्टलाई सम्झिदै आयोजित २०२० ग्र्यामी अवार्डस आइतबार राती सम्पन्न भएको छ।
आइतबार नै कोबे र उनकी १३ वर्षिया छोरी जियानाको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको थियो।
ग्र्यामी संगितको सबैभन्दा ठूलो अवार्ड हो। तर यो अवार्ड प्रदान गर्ने द रेकर्डिङ एकेडेमी नै केही हप्ता पहिले देखि विवादले घेरिएको छ। जनवरी १६ मा, यो संस्थाकी नयाँ मुख्य कार्यकारी अधिकारी (CEO) डेबोरा डुगान एकाएक निलम्बनमा परिन। लगतै डेबोराले रेकर्डिङ एकेडेमी विरुद्ध ४४ पेजको सिकायत सार्वजनिक गरिन। जसमा एकेडेमीलाई सेक्सुअल हर्यासमेन्ट र भोटिङ रिग गरेको आरोप लागेको छ। ग्र्यामीमा विजेता भोटिङको आधारमा घोषणा गरिन्छ। तर यो पद्धती नै पारदर्शी नगरिएको एकेडेमीलाई सधै आरोप लाग्ने गरेको छ।
तथापी, यी विवादकै बिच अवार्ड शो सम्पन्न गरियो र विजेताहरुको नाम सार्वजनिक भयो।

ग्र्यामी जित्ने १८ वर्षे गायिका
८४ वटा विधामा दिइएको छ। जसमा सबैभन्दा महत्वपूर्व अवार्ड बिल्ली एलिसले जितिन।
१८ वर्षकी अमेरिकी गायिका/गित लेखिका सन् २०१६ मा चर्चमा आएकी हुन। साउन्डक्लाउमा ओसन आइज (Ocean Eyes) बोलको गित अपलोड गरेपश्चात उनको गायकीको चर्चा सुरु भएको थियो।
उनले आफ्नो डेब्युट स्टुडियो एल्बम ‘When We All Fall Asleep, Where Do We Go?’ सन् २०१९ मा सार्वजनिक गरिन। यहि एल्बम र यसका गितले सबैभन्दा बढी ग्र्यामी अवार्ड जितेको हो।
१. रेकर्ड अफ द इयर (Record Of The Year)
बिल्ली एलिस
(“Bad Guy” by Billie Eilish)
२. एल्बम अफ द इयर (Album Of The Year)
बिल्ली एलिस
(when we all fall asleep, where do we go? by Billie Eilis)
३. संग अफ द इयर (Song Of The Year)
बिल्ली एलिस
(“Bad Guy” by Billie Eilish)
४. बेस्ट न्यु आर्टिस्ट (Best New Artist)
बिल्ली एलिस
सबै विजेताहरुको सूची यहाँ पढ्न सकिन्छ।
The post ६२ औं ग्र्यामी अर्वाडः १८ वर्षे गायिकाले जितिन ‘रेकर्ड अफ द इयर’, हेर्नुस् भिडियो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2t3nhd3
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

