भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्लाई बढीभन्दा बढी पारदर्शी र जनताको पक्षमा बनाउन आफूले भगीरथ प्रयत्न गर्ने बताएका छन् ।
विहीबार कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सदनलाई जीवन्त एवम् जनताप्रति जवाफदेही बनाउन आफूले विशेष ध्यान केन्द्रित गर्ने बताएका हुन् । उनले लोकतन्त्रको विस्तार तथा विकासका लागि आफू प्रतिबद्ध भएर लागिपर्ने उल्लेख गरे ।
राष्ट्रिय विषयमा सदनमा जे जति मात्रामा गम्भीर भएर जीवन्त छलफल गर्न सकियो, उत्ति नै राम्रो प्रलिफल प्राप्त हुने र लोकतन्त्रको विकासमा योगदान पुग्नेमा आफू प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
उनले सञ्चारकर्मीलाई सहज रुपमा सदन तथा संसदीय समितिको समाचार संकलन गर्ने तथा सूचना लिने कार्यमा सहज वातावरण बनाउन लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सभामुख सापकोटाले गुणस्तरीय समाचार संकलनका लागि सदनमा नै ‘लवी रिपोर्टिङ’को व्यवस्था गर्नेतर्फ पनि पहल गर्ने विश्वास दिलाए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/3aVVTyL via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

