भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१४ पुस, काठमाडौं । केही समयअघि कपिल शर्माको शो मा डाक्टर गोविन्दा र पत्नी सुनिता र छोरी टीनाको साथमा पुगेका थिए । यो अवसरमा कमेडियन कृष्णा अभिषेकले शोमा भाग लिएका थिएनन् । त्यो समयमा गोविन्दा र कृष्णा अभिषेकबीच पारिवारिक अनवन थियो । अहिले यहि किस्सा अर्का कमेडियन किकु शारदाको साथमा भएको छ ।
शनिबारको द कपिल शर्मा शोमा नेहा कक्कड, सोनू कक्कड र टोनी कक्कडमा पुगेका थिए । कार्यक्रममा किकू शारदा शोमा देखिएनन् । केही वर्षअघि कीकू शारदा र नेहा कक्कडबीच दरार आएको थियो ।

खासमा केही समय पहिले कीकु शारदा र गौरव गेराले आफ्नो शो डाक्टर प्राण लेलेमा नेहा कक्कडको उचाइ र इंडियन आइडलको विषयमा मजाक उडाएका थिए । नेहालाई यो कुरामा चित्त नबुझेपछि उनले इंस्टाग्राममा आफूलाई यो कुरा सुनेर एकदमै दुःख लागेको बताएकी थिइन् । किकूले आफूलाई गालि गर्दा नेहा एकदमै दुखित भएकी थिइन् ।
यसको अलावा नेहाको भाई टोनी कक्कडले पनि चित्त दुखाउँदै शो को निर्माताहरुसँग यसको जवाफ मागेका थिए । जब कुनै व्यक्तिले शरीर र उचाईको मजाक उडाउँदा तपाईंहरुलाई कस्तो लाग्छ भन्दै प्रश्न गरेका थिए । किकू शारदा नभएपनि शोका अन्य सदस्यहरुले खुब मनोरञ्जन गरेका थिए ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/36gHP08
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

