Loading...
Loading...
दीपिकाको यो इयररिङको मूल्य, १२० किलो प्याज बराबर
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१० पुस, एजेन्सी । दीपिका पादुकोण फिल्म ‘छपाक’का कारण अहिले चर्चामा छिन् । उनी पद्मावत रिलिजको लामो समयपछि फेरि फिल्ममा मुख्य भूमिका गर्दैछिन् । यो फिल्ममा दीपिका एसिड आक्रमणमा परेकी लक्ष्मीको भूमिका निभाउनेछिन् । फिल्मको पोस्टर र ट्रेलरलाई लिएर दर्शकहरुले एकदमै राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

संवेदनशील फिल्मको ट्रेलर रिलिज कार्यक्रममा दीपिका एकदमै भावुक बनेकी थिइन् । फिल्म निर्माण युनिट अहिले प्रोमोशनमा व्यस्त छ । प्रोमोशनकै क्रममा दीपिकाले लगाएको इयररिङ्गको चर्चा पनि भइरहेको छ । तस्बिरमा देखिएको इयररिङ्ग इयरलोब्स आउटहासको हो, यो एकदमै ब्राण्डेड कम्पनी हो । उनले लगाएको इयररिङ्गको मूल्य १२ हजार भारु रहेको आजतकले लेखेको छ । समाचारमा जनाइए अनुसार १२ हजार रुपैयाँमा मुम्बईवासीले १ सय २० किलो प्याज किन्न सक्छन् । मुम्बईमा अहिले प्याजको मूल्य १ सय रुपैयाँ प्रतिकेजी रहेको छ ।

बलिउड हंगामासँगको कुराकानीमा दीपिकाले ‘छपाक’ गर्नुको कारणबारे बताएकी छन् । उनले भनिन्, ‘मैले फिल्मको कहानी सुन्नेबित्तिकै साइन गरेकी हुँ, गतवर्ष म नयाँ फिल्म साइन गर्नको लागि कैयौँ धेरै निर्देशकहरुसँग भेटिरहेको थिएँ, त्यहि समयमा मेरो मेघनासँग भेट भयो ।’ दीपिकाले अगाडि थपिन्, ‘मैले यस्तै फिल्म गर्न चाहिरहेको कुरा मेघनालाई थाहा थियो । उनले आएर कहानी सुनाइन्, मलाई मनपर्यो ।’ फिल्ममा दीपिकाको अभिनय मात्र होइन लगानी पनि छ । यसै फिल्मबाट दीपिका फिल्म निर्माणमा डेब्यु गर्दैछिन् । दीपिका र रणवीर सिंहले ‘छपाक’को साथमा ‘८३’ नामक फिल्ममा पनि सँगै काम गर्दैछन् ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2SvUt7d
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.