Loading...
Loading...
अक्षय कुमारको गुडन्यूजको तीन दिनको कमाई कति ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१४ पुस, एजेन्सी । अक्षय कुमार स्टारर फिल्म गुडन्यूज बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । तेश्रो दिन फिल्मको कमाईमा जबरजस्ती बढोत्तरी भएको छ । फिल्मले आइतबार एकैदिन २५ करोड ६५ लाखको कमाई गरेको छ । यसको साथै भारतीय बजार गुडन्यूजले ओपनिङ सप्ताहन्तमा ६४ करोृड ९९ लाख कमाएको हो ।

ट्रेड एनालिस्ट तरण आदर्शले तेश्रो दिनको कमाईको आँकडा सार्वजनिक गरेका छन् । तेश्रो दिन फिल्मको कमाई जबरजस्त छ । धेरैजसो हलहरुमा फिल्मको कमाईमा बढोत्तरी भइरहेको छ । फिल्मले मल्टिप्लेक्समा शानदार कमाई गरेका छन् । शुक्रबार फिल्मले १७ करोड ५६ लाख, शनिबार २१ करोड ७८ लाख र आइतबार २५ करोड ६५ लाख कमाए ।

२०१९ मा रिलिज भएको अक्षय कुमारको पहिलो सप्ताहन्तको कलेक्सनलाई हेर्ने हो भने केसरी फिल्मले ७८ करोड ७ लाख, मिसन मंगलले ९७ करोड ५६ लाख, हाउसफुल ४ ले ५३ करोड २२ लाख कमाएको थियो । यसमा केसरी र मिसन मंगलको ४ दिनलाई पहिलो सप्ताहन्त मानेका थिए । बिहीबार फिल्म रिलिज भएको कारणले पनि यी दुई फिल्मको सप्ताहन्तको कमाई एकदमै राम्रो भएको थियो ।

सोमबार पनि मल्टिप्लेक्समा गुडन्यूजको कलेक्सन एकदमै राम्रो हुने आशा गरिएको छ । मंगलबार देखि बुधबारदेखि न्यू ईएर सेलिब्रेसनले फिल्मको कमाई एकदमै राम्रो हुने देखिएको छ । पहिलो हप्ता सकिनुभन्दा पहिला गुडन्यूजको कलेक्सन १ सय करोडको आँकडा पारु गर्ने सम्भावना छ ।



from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/35cPStb
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.